Homeसमाचारकैदीबन्दीलाई ब्ल्याङ्केट र त्रिपाल

कैदीबन्दीलाई ब्ल्याङ्केट र त्रिपाल

झापा । क्षमताभन्दा बढी कैदीबन्दी रहेको झापा कारागारमा रहेका कैदीबन्दीलाई मंगलबार ब्ल्याङ्केट तथा त्रिपाल वितरण गरिएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटी झापाको सहकार्यमा २०५ वटा ब्ल्याङ्केट र ५० वटा त्रिपाल वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरको आतिथ्यतामा आयोजित जाडोका सामग्री वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले उद्देश्यमाथि प्रकाश पार्दै मानवीयतालाई हेरेर जेल जीवन विताइरहेका न्यानो कपडा खरिद गर्न सक्ने अवस्था नभएकाहरुलाई सो सामग्री वितरण गरिएको बताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोइरालासहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
कारागारमा रहेका ११६३ कैदीबन्दी मध्ये चिसोमा न्यानो ओड्नेको अभावमा कण्टपूर्ण जीवन विताइरहेका न्यानो कपडा खरिद गर्नपनि नसक्ने २०५ बन्दीलाई सामग्री वितरण गरिएको हो ।
कारागारलाई प्राप्त ब्ल्याङकेट मध्ये मंगलबार ४९ जना महिला र १५४ जना पुरुषलाई वितरण गरिएको कारागार प्रमुख राजेन्द्र निरौलाले जानकारी दिनुभयो । २०५ ब्ल्याङ्केट मध्ये ३ वटा आवश्यकता हेरेर प्रदान गरिने प्रमुख निरौलाले बताउनु भयो ।
झापाका बृद्धाश्रम र अनाथालयलाई समेत न्यानो कपडा वितरण गर्ने तयारीमा रहेको जिल्ला विपत व्यवस्थापन समितिले कारागारमा बुधबार थप १०० वटा म्याट्रेस प्रदान गरिने रेडक्रस सभापति ढकालले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकैदीबन्दीलाई ब्ल्याङ्केट र त्रिपाल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img