Homeसमाचारतरुण र विद्यार्थीले गरे खिचडी मिलन कार्यक्रम

तरुण र विद्यार्थीले गरे खिचडी मिलन कार्यक्रम

झापा १५ पुस । ४४ औं मेलमिलाप दिवसको सन्दर्भमा नेपाल विद्यार्थी संघ तथा नेपाल तरुण दल बुद्धशान्ति गाउँ समितिको आयोजनामा मंगलबार खिचडी मिलन कार्यक्रम सम्पन्न भएकोछ ।
नेपाली कांग्रेस बुद्धशान्ति गाउँपालिकाको संयोजनमा स्थानीय कालीखोला ग्रिन रिसोर्टमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरिएको थियो । पुष १५ मा खिचडी खाने परम्परा र पुस १६ मा मेलमिलाप दिवस मनाउँदै आएको कांग्रेसले दुवैलाई संयोजन गरेर खिचडी मिलन कार्यक्रम आयोजना गरेको हो ।

नेपाली कांग्रेस झापाका सभापति तथा कार्यक्रमका प्रमुख अतिथि उद्वव थापाले खिचडी मिलन कार्यक्रमलाई सम्बोधन गर्दै सांगठनिक हिसावले कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।
लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत विकासका लागि नेपाली कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेको बताउँदै सभापति थापाले केन्द्रीय नेतृत्वबीचको एकताले मात्रै पार्टीको भविष्य निर्धारण गर्ने हुँदा एकजुट हुन आग्रह गर्नुभयो ।
विशेष अतिथिद्वय कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले पार्टीलाई एकढिक्का बनाएर जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ का सभापति खगेन्द्र मैनाली, क्षेत्र नं–१ का सभापति मणिकुमार उप्रेती, ने.का.बुद्धशान्ति गाउँसमितिका सभापति चक्र शेर्मालगायतले शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रममा जिल्ला सदस्य, महासमिति तथा महाधिवेशन प्रतिनिधि, स्थानीय कांग्रेस कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको २ नं क्षेत्रीय सभापति मैनालीले जानकारी दिनुभयो ।
ने.वि.संघ बुद्धशान्तिका सभापति दीर्घराज ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत नेपाल महिला संघ बुद्धशान्ति सभापति चन्द्रकला भट्टराई र सञ्चालन गोकुल पौडेलले गर्नुभएको थियो ।
महामानव वी.पी कोइरालासहितका कांग्रेस नेताहरुलाई राजद्रोहको मुद्धा लगाई निर्वासनको सजाय दिइएको अवस्थामा आठ बर्षको निर्वासनपछि मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते कोइरालासहित शीर्ष नेताहरु स्वदेश फर्किएको स्मृतिमा नेपाली कांग्रेसले प्रत्येक बर्षको पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएको छ ।
मुलुकको सार्वभौमसत्ता तथा राष्ट्रियताको रक्षाका लागि आफूमाथि मृत्युदण्डकै सजाय हुनसक्ने जोखिमपूर्ण अवस्थामा पनि राष्ट्रियता नै खतरामा पर्नसक्ने अवस्था आए फरक बैचारिक आस्था राख्नेहरुसँग पनि मेलमिलाप गरेर राष्ट्रियताको रक्षा गर्नुपर्छ भन्ने महान सोचका साथ बीपी कोइराला, गणेशमान सिंह, नेतृ शैलजा आचार्य लगायत नेताहरू २०३३ सालमा स्वदेश फर्किएका थिए ।
तत्कालीन राजा महेन्द्रले २०१७ साल पुष १ गते जननिर्वाचित सरकारलाई अपधस्त गरी पञ्चायती शासन व्यवस्थाको शुरुवात गरेपछि लामो जेलजीवन बिताइ कोईराला भारत निर्वासनमा जानुभएको थियो ।
मृत्युदण्डसहित आधादर्जन बढी मुद्दाहरु आफूविरुद्ध रहेकै बेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमलाई बिश्लेषण गर्दै नेपालको राष्ट्रियतामा गम्भिर संकट सृजना हुनसक्ने भन्दै मेलमिलापको नीति लिएर कोइरालासहितका कांग्रेसका तत्कालीन शीर्ष नेताहरु स्वदेश फर्किएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारतरुण र विद्यार्थीले गरे खिचडी मिलन कार्यक्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img