Homeसमाचारवडा कार्यालयलाई करोडको जग्गा

वडा कार्यालयलाई करोडको जग्गा


बुट्टाबारी/शहरीकरण बढ्दै जाँदा जग्गा पनि खुम्चिंदै गएको अवस्थामा विर्तामोडमै एककरोड मूल्य बराबरको जग्गा पाउनु चानचुने कुरा होइन ।’ त्यसैले दाताको भावना अनुसार चाँडै व्यवस्थित भवन निर्माण गर्ने भूमिका खेल्न जरुरी छ ।’ नेकपा नगर अध्यक्ष ज्ञानुराम प्रसाईले विर्तामोड नगरपालिका वडा नं.–६ को वडा कार्यालय निर्माणका लागि प्राप्त जग्गाको धनीपूर्जा वितरण कार्यक्रममा बोल्दै तीब्रत्तर रुपमा विर्तामोडमा बढ्दै गएको जनधनत्व र बाक्लिंदो बस्तिको चित्रण गरे ।
समाजसेवी विर्तामोड–६ निवासी गोपीकृष्ण प्रसाईले वडा कार्यालयलाई सोही स्थानको ३ कठ्ठा जमिन निःशुल्क प्रदान गरेपछि आयोजित धनीपूर्जा हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रसाईले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा उपस्थित पदीय जिम्मेवारीमा बसेका अतिथिहरुलाई वडा कार्यालय निर्माण गर्न जमिन नपाएर भाडामा बस्नु परेको अवस्था दर्शाउँदै जग्गा प्राप्त भएका वडाको भवन चाँडो निर्माण गर्न गरे अरु वडामा पनि सहयोगी मन र हात अघि बढ्न सक्ने बताए ।
समाजसेवी रामकुमार कन्दङ्वाले भूमि दान गर्ने दाता परिवारको सामाजिक क्षेत्रप्रतिको मोहको सम्मान गर्दै वडालाई प्राप्त सम्पत्तिमा संरचना निर्माण गर्न सबै जुट्नु पर्नेमा जोड दिए ।
दाता गोपीकृष्ण प्रसाईले आफ्ना दिवंगत बुबा आमाका नाममा वडाले जग्गा ग्रहण गरेर आफूलाई ठूलो अवसर दिएको धारणा राखे । आफूले दान गरेको जग्गाबाट वडावासीले चाँडै सेवा लिएको हेर्न चाहेको बताए । प्रसाईले दिवंगत बुबा जयेन्द्रप्रसाद र आमा धनमाया प्रसाईका नाममा वडा कार्यालय भवन निर्माणका लागि जमिन प्रदान गरेका हुन् । वडालाई प्राप्त भएको जमिनको मूल्य सरदर एककरोड रहेको बताइएको छ । त्यस्तै वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले जग्गादाता प्रसाईले तीब्रत्तर शहरीकरणले विर्तामोडमा जग्गा खुम्चदै गएको बेला मूल्यवान जग्गा प्रदान गरेर समाजसेवाप्रति अरुलाई पनि प्रेरणा दिएको बताए । लोकतान्त्रिक शासन प्रणालीमा बिचार जे भएपनि विकासका लागि एक ठाउँमा उभिनु पर्नेमा जोड दिंदै प्राप्त जग्गामा भवन निर्माणका लागि सहयोग गर्न आह््वान समेत गरे ।
त्यस्तै नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जग्गा अभावका कारण वडाका भौतिक संरचना निर्माण गर्न नसकिरहेकोे अवस्थामा वडालाई जग्गा प्राप्त हुनु नगरका लागि ठूलो उपलब्धि भएको बताउँदै छिटो संरचना निर्माणका लागि भूमिका खेल्ने प्रतिवद्धता जनाउँदै जग्गादातालाई धन्यवाद दिए । मेयर शिवाकोटीका अनुसार विर्तामोड नगरपालिका भित्रका २ वटा वडाका मात्र आफ्नै भवन रहेका छन् ।
धनीपूर्जा हस्तान्तरणपछि कार्यक्रमका प्रमुख अतिथि सांसद कार्कीले वडा कार्यालयले अर्काको घरमा बसेर सेवा प्रदान गर्नु परेको अवस्थामा निःशुल्क जग्गा प्राप्ति गर्नु ठूलो उपलब्धि भएको बताउँदै अबको एक वर्षमा प्राप्त जग्गामा भवन निर्माण गरेर त्यहीबाट सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । उचित समयमा वडालाई जग्गा प्राप्ति भएको बताउँदै सांसद कार्कीले बजेट बिनियोजन गर्दा जग्गा प्राप्त गरेका वडाको भवन निर्माणमा विशेष ध्यान पुर्याउन नगरप्रमुखको ध्यानाकर्षण समेत गराए ।
स्थानीय हरिहर आश्रममा आयोजित धनीपूर्जा हस्तान्तरण कार्यक्रममा वडा कार्यालय निर्माणका लागि प्रदान गरिएको जमिनको दाता प्रसाई र प्रमुख अतिथि सांसद कार्कीले नगरपालिकाका प्रमुख शिवाकोटी र वडाध्यक्ष कन्दङ्वालाई धनीपूर्जा हस्तान्तरण गरेका थिए ।
एल्विन्द्र खत्रीले सञ्चालन गरेको कार्यक्रममा औचित्यमाथि महिला वडासदस्य पवित्रा ढुङ्गनाले प्रकाश पारेकी थिइन भने स्वागत शोभा विकले गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारवडा कार्यालयलाई करोडको जग्गा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img