विर्तामोड १७ चैत । नेपाली कांग्रेस झापाले दुईसाता यता परेको बेमौसमी बर्षाका कारण किसानहरुले लगाएको अन्नबाली, फलफूल र घर–टहरामा पुगेको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले आज एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाउनुभएको हो ।
बेमौसमी बर्षाका कारण मुख्यगरी झापा, बाह्रदशी, कचनकबल, गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिकामा बढी क्षति पुगेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ–‘किसानले लगाएको गहुँबाली उठाउनै नसकेको अवस्था छ भने मकैबालीमा असिना पानीका कारण पूर्ण रुपमा क्षति पुग्दा करोडौ लगानी डुब्ने अवस्था छ ।’
‘हावाहुरी र बर्षाका कारण पुगेको क्षति न्यूनीकरणका उपाय अवलम्बन गर्दै हालसम्म भएको क्षतिको मूल्याङ्कन गरी किसानलाई राहत प्रदान गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग जोडदार माग गर्दछ । ’– विज्ञप्तिमा भनिएको छ ।
खेतीको समय नजिकिदै गएकाले किसानहरुलाई उन्नत जातको विऊ र रासायनिक मल समयमै उपलब्ध गराईदिन पनि सरकारसँग विज्ञप्तिमार्फत माग गरिएको छ ।
पानी र हावाहुरीका कारण कृषिबालीमा भएको क्षतिबारे कांग्रेसको ध्यानाकर्षण

































































































