Homeसमाचारइष्टर्न साहारा कम्पनी आईपीओका लागि सेबोनको पाइपलाइनमा

इष्टर्न साहारा कम्पनी आईपीओका लागि सेबोनको पाइपलाइनमा

बिर्तामोड १८ चैत । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको इष्टर्न साहारा कम्पनी लिमिटेड नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्राथमिक सेयर (आईपीओ) निष्कासनको पाइपलाइनमा परेको छ । सेबोनले आईपीओ स्वीकृतिका लागि इष्टर्न साहारा कम्पनीलाई मंगलबारबाट पाइपलाइनमा राखेको होे ।
इन्भेष्टमेन्ट सेक्टरबाट आईपीओ स्वीकृतिका लागि सेबोनको पाइपलाइनको पाँचौं नम्बरमा रहेको छ इष्टर्न साहारा कम्पनी लिमिटेड ।
सर्वसाधारणका लागि २७ लाख ५० हजार कित्ता प्राथमिक सेयर निष्कासन गर्न लागेको इष्टर्न साहारा कम्पनी लिमिटेडको विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
दीगो लगानीका लागि हरित लगानी भन्ने नाराका साथ ०७९ मंसीर ११ गते स्थापना भएको इष्टर्न साहारा कम्पनीले हरित लगानीमार्फत दीगो समृद्धि सिर्जना गर्दै नेपालकै अग्रणी इन्भेष्टमेन्ट कम्पनी बन्ने परिकल्पनाका साथ अघि बढेको अध्यक्ष महेन्द्रकुमार गिरीले बताए ।
अध्यक्ष गिरीका अनुसार कम्पनीको रिण शून्य रहेको छ भने न्यून सञ्चालन खर्चका कारण लाभांश र ब्याज आम्दानीबाटै कर्मचारी र प्रशासनिक खर्च धानिरहेको छ ।
कम्पनीले छरिएर रहेको स–सानो पुँजीलाई एकीकृत रुपमा परिचालन गर्दै मुख्य रुपमा ग्रीन फाइनान्सिङलाई प्रोत्साहन, प्रवर्धन गर्ने र कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्ने परियोजनाहरुमा लगानी गर्ने उदेश्य राखेको छ ।
सवैलाई उद्यमशीलतासँग जोड्ने लक्ष्यका साथ कम्पनीले जलबिद्युत, सौर्य, उर्जा, पर्यटन, कृषि, प्रविधि, सेवा, पूर्वाधारलगायतका क्षेत्रहरुमा लगानी गर्दै आएको कम्पनीका अध्यक्ष गिरीले बताए ।
कम्पनीका परिकल्पनाकारसमेत रहेका अध्यक्ष गिरीले कम्पनीले स्थापनाको तेस्रो बर्षमै सवैको मन जित्न सफल हुँदै राम्रो प्रगति गरेको बताउँदै आइपिओको लागि सेबोनको पाइपलाइनमा परेकोमा खुशी व्यक्त गरे ।
गत पुस २७ गते कम्पनीले तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । प्रतिवेदन अनुसार कम्पनीको अधिकृत पुँजी १५० करोड, जारी पूँजी १३७ करोड ५० लाख, चुक्ता पूँजी ११० करोड र सञ्चित मुनाफा ३ करोड ९१ लाख ७ हजार ६३६ रहेको छ ।
प्रतिशेयर आम्दामी २५५ रुपैयाँ ३८ पैसा र प्रति शेयर नेटवर्थ १०२ रुपैयाँ ८१ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ । इष्टर्न साहारा कम्पनी आईपीओका लागि सेबोनको पाइपलाइनमा परेपछि यसका लगानीकर्ता शेयरधनीहरु उत्साहित भएका छन् ।
नविकरणीय ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि तथा जलवायु अनुकूलनका क्षेत्रमा जिम्मेवार लगानी गर्नु कम्पनीको ध्येय रहेको प्रष्ट पारिएको छ । त्यस्तै सानो–सानो पूँजीलाई संस्थागत रुपमा परिचालन गर्दै हजारौं नेपालीलाई उद्यमशिलतासँग जोड्ने, आर्थिक प्रतिफल, वातावरणीय संरक्षण र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्ने कम्पनीको ध्येय रहेको बताइएको छ । पारदर्शी, प्रविधिमैत्री र सुशासनयुक्त व्यवस्थापन प्रणाली विकास गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ग्रीन फाइनान्सिङ नेटवर्कसँग सहकार्य गर्दै दीर्घकालीन मूल्य सिर्जना गर्ने समेत कम्पनीले ध्येय राखेको छ ।
उक्त कम्पनीले बुढी गण्डकी जल विद्युत आयोजना, माथिल्लो तमोर जल विद्युत आयोजना, सुपर आँखु खोला जल विद्युत आयोजना, इसुवा खोला जल विद्युत आयोजना, बलेफी–ए जलविद्युत आयोजना, एनसी इग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेड, झापा इनर्जी लिमिटेड, जनता इग्रो एण्ड फरेष्ट्र लिमिटेड, विजनेस इन्टरष्ट गु्रप अफ इण्ड्रष्ट्रिज लिमिटेड, जीवन विकास लघुवित्त वित्तीप्य संस्था लिमिटेड, म्याग्दी हाइड्रोपावल आयोजना, ग्रीन गोर्खा हाइड्रोपावर आयोजना लगायतका आयोजनामा लगानी गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारइष्टर्न साहारा कम्पनी आईपीओका लागि सेबोनको पाइपलाइनमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img