Homeसमाचारखोला नियन्त्रण र शुद्ध खानेपानी पुर्याउने चुनौति

खोला नियन्त्रण र शुद्ध खानेपानी पुर्याउने चुनौति


खुदुनावारी । ‘वडाको बीच भागबाट खोला बग्छ, त्यसलाई व्यवस्थित गर्न सकिएको छैन, खोलो व्यवस्थित गर्न नसक्दा वर्षेनी स्थानीयबासी र किसानले लगाएको बाली प्रभावित हुने गरेको छ, त्यसलाई व्यवस्थित गर्न मुख्य चुनौति हो’–झापा अर्जुनधारा–२ का वडाध्यक्ष रघुनाथ खनालले वडामा चुनौति सुनाए । उनले यसो भनिरहँदा सोही न.पा.को वडा नंं–३ को पनि मुख्य चुनौति खोलो नियन्त्रण नै रहेको वडाध्यक्ष जीवनकुमार भण्डारीले बताए ।
सुखानी खोलो नियन्त्रण ठूलो चुनौति हो, अरु धेरै काम गर्नुपर्ने भएपनि वडाभित्र पर्ने ९ किलोमिटर सुखानी खोलाका दुवैतिरका बस्ती र उनीहरुले लगाएको बाली जोगाउन दुवैतिर ड्याम निर्माण गर्न सके जनताले सुखको सास फेर्न सक्थे वडा नं.–३ का वडाध्यक्ष भण्डारीले भने–‘५÷७ सय घरको सुरक्षा ग्यारेन्टी गर्न सक्यौ भने मात्रै देखिने काम हुनेछ ।’
खोलामा पुलको अभाव छ । गर्भवती, सर्पले टोकेका विरामी लिएर खोलो कहिले घट्छ भनेर हेर्नुपर्ने अवस्थाको समाधान गर्नुपर्नेमा जोड दिंदै भने–‘सर्पले टोकेका र गर्भवती तथा अन्य विरामीलाई लिएर खोला हेर्दै घण्टौं पर्खनुपर्ने अवस्थाको समाधानका लागि पुलबाट मान्छे तार्न सके ठूलो उपलब्धी हुन्छ ।’ चुनौतिकै रुपमा रहेको पग्ला खोलामा भने पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको छ उनले बताए । बस्तीको बीचबाट बग्ने सुखानी खोलाको नौ किलोमिटर दुरीमध्ये २ किलोमिटर दुरीमा ड्याम निर्माण भएपनि अझै ७ किलोमिटरमा ड्याम निर्माण कार्य बाँकी रहेको वडाध्यक्ष भण्डारीले बताए । बस्तीको बीच भागबाट बग्ने सुखानी खोलाको दुवै तटीय क्षेत्रमा ५ देखि ७ सय परिवार बसोबास गर्दै आएका छन् ।
आवागमनका हिसाबले बाटो सहज नभएपछि वडा कार्यालयको पहलमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । सञ्चालित सेन्टरबाट ३० बढी बच्चा जन्मिएको बताइएको छ । डेलिभरी सहजताका लागि वडा कार्यालयले एम्बुलेन्स ल्याउने प्रक्रिया अघि बढाएको भण्डारीले सुनाए ।
वडामा रहेको एकमात्र जनता माविलाई व्यवस्थापन र त्यहाँ अध्ययनरत छात्राका लागि सेनेटरी प्याडको व्यवस्थापन जटिल रहेको बताइएको छ । आगामी आर्थिक वर्षका लागि संघीय सरकारले छात्राका लागि सेनेटरी प्याडलाई बजेटमै समेटेको प्रति खुशी लागेको वडाध्यक्ष भण्डारीले बताए । यसअघि अघिल्लो साल वडा कार्यालयले नै प्याडको व्यवस्था गरेको थियो । वडामा खानेपानीको व्यवस्थापन पनि आवश्यक रहेको वडाध्यक्ष भण्डारीले बताए । खानेपानी भएपनि वर्षातमा धमिलो आउने गरेको बताउँदै वडाबासीमा शुद्ध पानीको पहुँच पुयाउन आवश्यक रहेको उनको भनाई छ ।
अर्जुनधारा वडा नं.–३ मा नगरपालिकाको सिलिङ बजेटमार्फत १ करोड ११ हजार प्राप्त गर्नुका साथै प्रदेश र संघबाटसमेत गरी ४ करोड रकम बराबरको काम गरेको वडाध्यक्ष भण्डारीले जानकारी दिए ।
चुरे पहाडसंग सिमाना जोडिएको वडा नं.–२ को १४ किलोमिटर दुरीमा टाङटिङ खोलो कुद्छ, उक्त खोलो नियन्त्रण कार्य चुनौतिका रुपमा रहेको वडा नं.–२ का अध्यक्ष रघुनाथ खनालले बताए । उनले भने–‘वर्षेनी हुने धनजन र बालीनालीको क्षतिलाई व्यवस्थित गर्न आवश्यक छ ।’ खोलो नियन्त्रणका लागि राष्ट्रपति चुरे कार्यक्रममार्फत २ करोड र जल उत्पन्न सिंचाईबाट १ करोड बराबरको काम भएको खनालले जानकारी दिए । खोलो नियन्त्रणका लागि अझै ५÷७ वर्ष निरन्तर कार्य गर्नु आवश्यक रहेको उनको भनाई छ ।
१ करोड ११ लाख सिलिङ बजेट प्राप्त गरेको वडा कार्यालयले प्रदेश, संघसहित सबैतिरबाट प्राप्त ५ करोड ३८ लाख बजेटको काम गरेको वडाध्यक्ष खनालले जानकारी दिए ।
साठीमुरेमा स्वास्थ्य चौकी निर्माण कार्य प्रारम्भ गरेको वडा कार्यालयले लाफेटारमा बाटो निर्माण गरेको बताइएको छ । त्यस्तै विर्तागाजावारी पुल निर्माण, बुधबारे इलाका जाने बाटोमा पुल निर्माणसहित केही झोलुङ्गे पुल निर्माण गर्नु अत्यावश्यक रहेको खनालले बताए ।
विर्तामोड वडा नं.–१० मा खोलोको चिन्ता नभएपनि वडावासीमा शुद्ध खानेपानीको पहुँच पु¥याउनु ठूलो चुनौति रहेको वडाध्यक्ष दुर्योधन गुरुङले बताए । निर्माणाधीन तीनवटा पुल निर्माण सम्पन्न भएपछि वडाभित्र ४ वटा कल्भर्ट निर्माण र बाटो कालोपत्रे जस्ता काम शुरु हुने वडाध्यक्ष गुरुङले बताए । आफ्नो कार्यकालमा वडामा खानेपानीको व्यवस्था गर्ने लक्ष्य अनुसार योजना अघि बढाइएको बताउँदै गुरुङले भने–‘त्यसका लागि नगर, प्रदेश र संघीय सरकारको सहयोगमा पनि भर पर्छ ।’ वडा नं.–१० ले नगरको सिलिङ बजेट मार्फत १ करोड रकम प्राप्त गरेको थियो ।
देशभरका धेरै स्थानीयतहले विकास बजेट खर्चन नसकेको कुरा सार्वजनिक भइरहेका बेला यी वडाध्यक्षहरुले भने आफूहरुलाई विकास बजेटको अभाव रहेको बताएका छन् । प्राप्त बजेट सबै सकिएको बताएका उनीहरुले बजेट भए अझै धेरै काम गर्न सक्ने वताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारखोला नियन्त्रण र शुद्ध खानेपानी पुर्याउने चुनौति
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img