बिर्तामोड २८ माघ । नेपाल अर्थोकोन एसोसिएसन (एनओए) को ३१ औं बार्षिक सम्मेलन तथा अर्थोकोन २०२६ झापामा आयोजना हुने भएको छ । चिकित्सा क्षेत्रमा हाडजोर्नी बिशेषज्ञ डाक्टरहरुको संस्था अर्थोकोन स्थापनाको ३१ औं वर्ष पछि झापामा पहिलो पटक सम्मेलन हुन लागेको बुधबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
फागुन २९ अर्थात भोलीदेखि झापाको धुलावारीमा शुरु फागुन ३ गते सम्पन्न हुने बार्षिक सम्मेलनमा नेपालका साथै भारत, भुटान, बंगलादेशबाट समेत सहभागिता रहने संस्थाका अध्यक्ष डाक्टर लक्ष्मीप्रसाद मैनालीले जानकारी दिनुभयो । सम्मेलनमा १०० जना अन्तराष्ट्रियसहित ४०० बढीको सहभागिता रहने बताइएको छ ।
फागुन १ देखि ३ गतेसम्म धुलावारीस्थित मेची क्राउनमा बिशेष अन्तराष्ट्रिय सेमिनारको मुख्य कार्यक्रम आयोजना गरिएको छ भने माघ २९ गते बिर्तामोडका विभिन्न अस्पतालमा प्रि कन्फरेन्स वर्कसप सञ्चालन गरिने बताइएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा प्रारम्भ हुने सेमिनार सञ्चालनका लागि कोशी प्रदेश सरकार लगायत विभिन्न कम्पनीहरुले सहयोग रहने महासचिव डाक्टर रुपेशजंग बेलबासेले बताउनु भयो ।
स्थापनाको ३१ वर्ष पछि झापामा नेपाल अर्थोकोन एसोसिएसनको सम्मेलन तयारी



















