HomeFeatured 2कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपः आसामको विजयी सुरु

कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपः आसामको विजयी सुरु

द्रपुर २१ माघ । झापाको सदरमुकाम भद्रपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको कोशी पाथीभरा इण्डो नेपाल टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । आज भएको उद्घाटन खेलमा भारतको राइनोल्याण्ड क्रिकेट एकाडेमी आसामले विजयी सुरुआत गरेको छ । आसामले जीएचसीए काठमाडौँलाई ४२ रनले पराजित गरेको हो ।
भद्रपुर क्रिकेट क्लवको आयोजनामा भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा पहिलो ब्याटिङ गर्दै आसामले १८.१ ओभरमा अलआउट हुँदै ९६ रन बनायो । जवाफमा काठमाडौँ १६.२ ओभारमा ५४ रनमा अलआउट भएपछि आसामले महत्वपूर्ण ३ अंक जोडेको छ ।
आसामका तर्फबाट मोहमद हबिबुल्लाले सर्वाधिक १९ रन बनाए भने काठमाडौँका तर्फबाट रुपेश श्रीवास्तवले ४ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए । यसैगरी, काठमाडौँका तर्फबाट सर्वाधिक १४ रन बनाए भने आसामका तर्फबाट प्राञ्जल भरालीले ४ ओभरमा ९ रन खर्चिएर ३ विकेट लिए ।
प्रतियोगिताको एक समारोहका बीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभयो । उहाँले पानसमा दीप प्रज्वलनपछि मैदानमा ब्याटिङ गर्दै प्रतियोगिता उद्घाटन गर्नुभएको थियो ।
भद्रपुर क्रिकेट क्लवका अध्यक्ष आदित्य पराजुलीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले खेलकुद क्षेत्रलाई अघि बढाउन कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मेची क्याम्पसको क्रिकेट मैदानलाई थप विकसित गर्न कोशी प्रदेश सरकारले लगानी गर्ने बताउनुभयो ।
संघका सचिव केदार महतले सञ्चालन र प्रतियोगिताका संयोजक तथा भद्रपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष गौरब सुब्बा ‘मनोज’ले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको समारोहमा विभिन्न झाँकीहरु पनि प्रस्तुत गरिएको थियो ।
प्रतियोगितामा नेपालका चार र भारतका चार गरी आठवटा टिमको सहभागिता रहेको छ । टिमलाई दुई समूहमा विभाजन गरिएको छ । अंकका आधारमा सेमिफाइनल खेल्ने टिमको टुंगो लाग्ने आयोजक भद्रपुर क्रिकेट क्लवका महासचिव वसन्त पोखरेलले जानकारी दिनुभयो । प्रतियोगिता माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेता टिमले पाँच लाख नगदसहित शील्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद तीन लाखसहित शील्ड प्राप्त गर्ने पोखरेलले बताउनु भयो । अध्यक्ष पराजुलीले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षसमेतलाई जोडेर यो प्रतियोगिता आयोजना गरिएको बताउनु भएको छ । प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लव, काठमाडौं, सुदूरपश्चिम र गण्डकी तथा भारतका तर्फबाट दिल्ली, लखनउ, आसाम र सिक्किमको सहभागिता रहेको अध्यक्ष पराजुलीले जानकारी दिनु भयो ।
बिहीबार दुईवटा खेल हुनेछ । पहिलो खेलमा भारतको दिल्लीले आजको विजेता आसामसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा आयोजक भद्रपुर क्रिकेट क्लवले जीएचसीए काठमाडौँको सामना गर्नेछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपः आसामको विजयी सुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img