भद्रपुर २० माघ । भद्रपुर जेसीजको ५० औं पद हस्तान्तरण तथा भद्रपुर जुनियर जेसीसको दोस्रो पद हस्तान्तरण एवं उत्कृष्ट नागरिक सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । भद्रपुर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी शैलेश श्रेष्ठको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
समारोहमा भद्रपुर नगर प्रमुख तथा भद्रपुर जेसीजका पूर्व अध्यक्ष गणेश पोखरेल नगर उपप्रमुख राधा कार्की, बसन्त बानिया, नगरका वडाध्यक्ष तथा जनप्रतिनिधि ,भद्रपुर जेसीजका पूर्व अध्यक्षसहितको उपस्थितिमा पदस्थापन गरिएको हो ।
बर्षोत्कृष्ट नागरिकको रुपमा राष्ट्रिय खेलाडी एवं सामाजिक व्यक्तित्व हरि खडकालाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि कार्की, विशेष अतिथि नगर प्रमुख पोखरेल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत आरोग्य तिम्सिनाले गरेका थिए ।
उद्घाटन सत्रमा वर्ष २०२५ का महासचिव हेडम्बराज निरौलाले र दोश्रो सत्रमा वर्ष २०२६ का महासचिव सुरज श्रेष्ठले संयुक्त रुपमा कार्यक्रमको संचालन गर्नुभएको थियो ।
भद्रपुर जेसिज वर्ष २०२६ ले सुरेन्द्रकुमार खड्का (हिमाल) को अध्यक्षतामा कार्यकारीत्रयमा उपाध्यक्ष हेडम्बराज निरौला, सरोज ढकाल कानुनी सल्लाहकार आरोग्य तिम्सिना, महासचिव सुरज श्रेष्ठ, कोषाध्यक्ष कुशल न्यौपाने, उपाध्यक्षमा सनम शाशंकर, बिनोद खरेल, अरमान थिङ तामाङ, विशाल श्रेष्ठ, सचिवमा
निरप्रसाद अधिकारी लगायत नयाँ कार्यसमिति रहेको छ ।
त्यसैगरी भद्रपुर जुनियर जेसिज वर्ष २०२६ को जुनियर जेसिजतर्फ प्रतीक लम्सालको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । समितिको कार्यकारी उपाध्यक्ष पवन पनेरु, गौरब निरौला, कानुनी सल्लाहकारमा सन्दर्भ तिम्सिना, महासचिवमा श्रेया अधिकारी, कोषाध्यक्ष रिदिप अधिकारी, उपाध्यक्षमा आयुश रिजाल
निर्जल भण्डारी, श्रेयम अधिकारी, शैलिशा निरौला, सुजल श्रेष्ठ लगायत रहेका छन् ।
भद्रपुर जेसीजको ५० औं पद हस्तान्तरण

































































































