बिर्तामोड माघ । आसन्न निर्बाचनलाई मध्यनजर गर्दै चुनावी प्रचार प्रसारलाई प्रभावकारी बनाउन अखिल नेपाल महिला संघ बिर्तामोड नगर कमिटीले अखिल नेपाल महिला संघ जिल्ला कमिटी सदस्य एवं नगर ईन्चार्ज भागिरथा आचार्य (घिमिरे) को संयोजकत्वमा दुई सय एकासी सदस्यीय निर्बाचन परिचालन समिति गठन गरिएको छ।
त्यसैगरी सोहि भेलाले वडास्तरिय निर्बाचन परिचालन समिति पनि गठन गरेको छ। बिर्तामोड एक नम्बर वडामा संयोजक बिनीता तामाङ, दुई नम्बरमा चित्रकला पराजुली, तीन नम्बर कृतिका आचार्य, चार नम्बर पुष्पा दाहाल, पाच नम्बर संगीता चिमरिया, छ नम्बर कृष्णमाया चौधरी, सात नम्बर उषा बस्नेत, आठ नम्बर मनु राजवंशी, वडा नम्बर नौ बिष्णुमाया कोईराला संयोजक रहेको निर्बाचन परिचालन वडा समिती गठन गरिएको छ।
अखिल नेपाल महिला संघ झापा ईन्चार्ज पबित्रा पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भीमा शिवाकोटी ,अनेमसंघ जिल्ला कमिटी सदस्य रन्जना कार्की, बिर्तामोड नगर ईन्चार्ज भागिरथा आचार्य, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष शुभाष भट्टराई, जनसंगठन प्रमुख विसन लिम्बु लगायतले निर्बाचन परिचालन सम्बन्धि जानकारी गराउनु भयो। यसोदा प्रसाई (भट्टराई) ले अध्यक्षता गर्नु भएको कार्यक्रमको संचालन बिनिता तामाङ र स्वागत नन्द कुमारी ईजमले स्वागत गर्नु भएको थियो।
आसन्न निर्बाचन प्रचार प्रशारका लागि अनेमसंघको बिर्तामोडमा कमिटी गठन



















