भद्रपुर १० माघ । खानेपानी उपभोक्ता तथा सरसफाई समिति चन्द्रगढी भद्रपुरको २३ औं परिषद भेला तथा साधारण सभा शनिबार चन्द्रगढीमा सम्पन्न भयो ।
कोशी प्रदेशका पूर्व खानेपानी तथा सिंचाइ मन्त्री एकराज कार्कीले परिषद भेलाको उद्घाटन गर्नुभयो । संस्थाका अध्यक्ष पुरुषोत्तम अधिकारीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समितिले हाल सम्म गरेका गतिविधिका बारेमा प्रकाश पार्नुभयो । उहाँले समितिको अन्तिम सभा भएको भन्दै निकट भविष्यमा नयाँ समिति समेत चयन गरिने बताउनुभयो ।
कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, पूर्व सांसद सुनिता बराल, राप्रपा भद्रपुर नगर अध्यक्ष राजकुमार राई, संस्थापक लेखनाथ निरौला लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । सचिव बाबुराम कार्कीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बाबुराम पराजुलीले गर्नु भएको थियो ।
चन्द्रगढी खानेपानी २३ औं परिषद भेला तथा साधारणसभा सम्पन्न



















