प्रतिनिधि निर्वाचन झापा क्षेत्र नं. १ र २ का नेपाली कांग्रेसका उम्मेद्वारहरुले तीर्थस्थल चारआलीस्थित पाउ पाथीभरा मन्दिरको दर्शन गरेका छन् । मनोनयन गर्दा गर्ने दिन मंगलबार बिहानै कांग्रेसका दुई उम्मेद्वारले छुट्टाछुट्टै पाउ पाथीभरा मन्दिरमा पुगेर दर्शन गरेका हुन् ।
नेपाली कांग्रेसबाट झापा क्षेत्र नं. १ का लागि जिल्ला उपसभापति केशव पाण्डेले टिकट पाएका छन् भने क्षेत्र नं. २ बाट पूर्व राज्य मन्त्री सरिता प्रसाईले उम्मेद्वारको टिकट पाएकी छन् । दर्शन पछि मंगलबार पाण्डेले क्षेत्र नं. १ को प्रतिनिधिसभा क्षेत्रीय निर्वाचन कार्यालय मेचीनगर र प्रसाईले क्षेत्र नं. २ को प्रतिनिधिसभा क्षेत्रीय निर्वाचन कार्यालय अर्जुनधारामा मनोनयन दर्ता गर्ने बताएका छन् । निर्वाचन कार्यालयले राजनीतिक दलहरुलाई मनोनयन दर्ताका लागि समय तय गरिदिएको छ ।
झापा क्षेत्र नं. १ र २ का उम्मेद्वार पाण्डे र प्रसाईले गरे पाथीभराको दर्शन



















