HomeFeatured 2बगाले श्रेष्ठ वंशावली सेवा समिति झापाकाे पाचौँ अधिबेशन सम्पन्न, नयाँ नेतृत्व चयन

बगाले श्रेष्ठ वंशावली सेवा समिति झापाकाे पाचौँ अधिबेशन सम्पन्न, नयाँ नेतृत्व चयन

बिर्तामोड ५ माघ । बगाले श्रेष्ठ वंशावली सेवा समिति झापा जिल्लाको पाचौँ अधिबेशन सम्पन्न भएको छ ‌।
बगाले श्रेष्ठ वंशावली सेवा समिति झापा जिल्लाको पाचौँ अधिबेशन सोमबार बिर्तामोडमा सम्पन्न भएको हो ।
बगाले श्रेष्ठ वंशावली सेवा समिति झापा जिल्लाको सोमबार सम्पन्न पाँचौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । नव गठित समितिको अध्यक्षमा हेम कुमार श्रेष्ठ ,उपाध्यक्षमा खगेन्द्र श्रेष्ठ ,सचिवमा खेम श्रेष्ठ ,सह सचिवमा रोशन श्रेष्ठ , कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ र सदस्यहरुमा देवेन्द्र श्रेष्ठ ,उमा श्रेष्ठ,देवि कुमार श्रेष्ठ,प्रकाश श्रेष्ठ, प्रियंका श्रेष्ठ र झुमा श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।
कार्यक्रममा २३ जना बगाले श्रेष्ठ वंशावलीका जेष्ठ नागरिकलाई नगद सहित सम्मान गरिएको छ । त्यस्तै लाखे संयोजक रूपेश श्रेष्ठ, बगाले वंशावली दोस्रो संस्करण पुस्तक प्रकाशनमा टाइपिङमा सहयोग पुर्याउने जोस्ना श्रेष्ठ, टिपोटमा सहयोग पुर्याउने श्री नारायण श्रेष्ठ , दोस्रो संस्करण पुस्तक प्रकाशन संयोजक रत्न कुमार श्रेष्ठ लगायतलाई सम्मान गरिएको छ ।
अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता तथा बगाले श्रेष्ठ वंशावली सेवा समितिका केन्द्रीय अध्यक्ष गंगा बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रमको विशिष्ट अतिथि नेपाली सेनाका सहायक रथी मणि कुमार श्रेष्ठ,बिशेष अतिथि नेवा: मिसा पुच: अध्यक्ष निलम श्रेष्ठ रहनु भएको थियो । कार्यक्रम संचालन सचिव हेम कुमार श्रेष्ठले गरेका थिए।
बन्धुहरु बीच आपसी चिनजान ,आत्मियता बढाउने, बन्धुहरु समेट्ने ,सुखदुःख बाड्ने उद्देश्यले २०६१ साल भाद्र २५ गते बगाले श्रेष्ठ वंशावली सेवा समिति केन्द्रीय स्तरमा गठन भएको थियो भने झापा जिल्लामा २०६७ सालमा गठन भएको थियो। स्थापना कालदेखि नै श्रेष्ठ वंशावली सेवा समिति झापाको नेतृत्व दिनेश श्रेष्ठले सम्हाल्दै आउनुभएको थियो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बगाले श्रेष्ठ वंशावली सेवा समिति झापाकाे पाचौँ अधिबेशन सम्पन्न, नयाँ नेतृत्व चयन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img