बिर्तामोड ३ माघ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा झापा गोल्डकपको प्रतिनिधि मण्डलबीच भेटघाट भएको छ । आसन्न सातौँ झापा गोल्डकपका सन्दर्भमा भेटघाट भएको हो ।
गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेल नेतृत्वको टोलीले आज बिहान सभापति थापासँग भेटघाट गरेको हो । झापा गोल्डकपलाई विभिन्न पक्षमा सहयोग गर्न सभापति थापाले प्रतिबद्धता जनाएको पौडेलले बताए ।
प्रतियोगिता सफल बनाउन तथा प्रतियोगिताको तयारीका बारेमा कुराकानी भएको छ । गोल्डकप अध्यक्ष केदार गिरीको टिमले यसअघि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेको थियो ।
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा यही माघ २४ गतेदेखि फागन ४ गतेसम्म हुन गइरहेको झापा गोल्ड कपको स्वर्गीय ‘विनोद बस्नेत स्मृति’ सातौँ संस्करण फुटबल प्रतियोगिताका सन्दर्भमा कुराकानी गर्न सभापति थापासँग भेटघाट गरिएको हो ।
झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष पौडेल, कार्यसमिति सदस्य मदन खड्का, राजु घिमिरे, सञ्जीव घिमिरे लगायतको टोलीले थापासँग काठमाडौँमा भेटघाट गरेको हो ।
कांग्रेस सभापति थापा र झापा गोल्डकपको टोलीबीच भेटघाट



















