Homeसमाचारचन्द्रगढी एयरपोर्टमा बुद्व एयरकाे हवाई जहाज दुर्घटना यात्रु सकुशल

चन्द्रगढी एयरपोर्टमा बुद्व एयरकाे हवाई जहाज दुर्घटना यात्रु सकुशल

भद्रपुर १८ पुष । काठमाडौंबाट झापाको भद्रपुर (चन्द्रगढी) का लागि उडेको बुद्ध एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ। शुक्रबार राति ९:१० बजे भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा जहाज रन-वेबाट करिब ३०० मिटर बाहिर पुगेर भासिएको हो।

घटनाको विवरण: काठमाडौंबाट राति ८:२३ बजे उडेको ATR 72 (बुद्ध ९०१) जहाज भद्रपुर विमानस्थलको रन-वेको पूर्वतर्फको ‘डिट’ (पुर्व तर्फ) क्षेत्रमा ओभर रन भएको थियो। धावनमार्ग छाडेर जहाज करिब ३०० मिटर टाढा पुगी भासिएको र क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

जहाजमा ५१ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ५५ जना सवार थिए। दुर्घटनामा मानवीय क्षति नभएकाे प्रारम्भिक अनुसन्धानबाट पाइएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उद्धार कार्य: दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बुको नेतृत्वमा ७० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ। सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीहरूले तत्कालै यात्रुहरूको उद्धार गरेका थिए।

अहिले विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ र जहाजलाई सुरक्षित स्थानमा हटाउने प्रयास भइरहेको छ। जहाज के कति कारणले रन-वेबाट बाहिर गयो भन्नेबारे थप अनुसन्धान हुन बाँकी छ।


spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचन्द्रगढी एयरपोर्टमा बुद्व एयरकाे हवाई जहाज दुर्घटना यात्रु सकुशल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img