HomeFeatured 2झापा इनर्जीले गर्यो पाँच महिनामा चारकरोड ७० लाख बढीे आम्दानी

झापा इनर्जीले गर्यो पाँच महिनामा चारकरोड ७० लाख बढीे आम्दानी

बिर्तामोड १८ पुस । झापा इनर्जी लिमिटेडको सातौँ वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ।
कम्पनीका अध्यक्ष एलपी साँवाको अध्यक्षतामा सम्पन्न साधारणसभामा अध्यक्ष साँवाले कम्पनीको आर्थिक स्थिति, १० मेगावाट क्षमताको सौर्य विद्युत आयोजनाको प्रगति र शेयरधनीहरूको लगानीको सुरक्षाका विषयमा प्रष्ट पार्नुभएको थियो।
राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा निजी क्षेत्रको लगानीमा निर्माण भइका ऊर्जा आयोजनाले देशलाई समृद्ध बनाउन सहयोग पुर्याउने बताउँदै राज्यले झण्झटिला प्रक्रियालाई सरलीकृत गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा शेयरधनी तथा सहभागीहरूले कम्पनीले दिने लाभांश, बोनस वितरण, प्रतिफलको दर लगायतका विषयमा जिज्ञासा राखेका थिए । कम्पनीको जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँ रहेको छ।
२०७५ सालमा स्थापित झापा इनर्जीले शिवसताक्षी नगरपालिका ४ नं. वडामा २१ विगाहा ११ कठ्ठा १३ धुर जमिनमा सोलार प्यानलमार्फत विद्युतीय उर्जा उत्पादन गर्दै आएको छ । कम्पनीले २०८० साल माघ १० गतेदेखि उर्जा उत्पादन गर्न शुरु गरेको हो । बुलुचोक स्थित नेपाल विद्युत प्राधिकरणको वितरण ग्रिडमार्फत प्रशारण लाइनमा जोडिएको झापा इनर्जीले आर्थिक वर्ष २०८१÷०८२ को असार मसान्तसम्ममा नौ करोड १० लाख ५९ हजार ४७५ रुपैया बराबरको आम्दानी गरेको बताइएको छ । कम्पनीले पछिल्लो ५ महिनामा मात्रै उर्जा विक्री वापत चार करोड ७० लाख ९३ हजार ४सय ९७ रुपैयाँको विद्युत विक्री गरेको अध्यक्ष एलपी साँवाद्वारा प्रस्तुत बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सुवास भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्वागत पवित्रा महतारा प्रसाईले गर्नुभएको थियो । सहभागीले राखेका जिज्ञासाको कम्पनीका फाइनान्सियल अफिसर कमल पनेरुले जवाफ दिनुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापा इनर्जीले गर्यो पाँच महिनामा चारकरोड ७० लाख बढीे आम्दानी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img