HomeFeatured 2काँग्रेसको विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइदै

काँग्रेसको विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइदै

काठमाडौं १७ पुस । नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्मका लागि तय गरेको नियमित महाधिवेशनको केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकले निर्धारण गरेको स्थगित गरिएसंगै विकल्पका रुपमा बिशेष महाधिवेशनको प्रक्रिया अघि बढाउन थालिएको छ ।


निर्धारित समयमा नियमित महाधिवेशनको प्रक्रिया बिचैमा रोकिएपछि विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरुले प्रक्रिया अघि बढाएका छन् । सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि पार्टीभित्र वैकल्पिक मार्गका रूपमा विशेष महाधिवेशनको प्रक्रिया अघि बढेको हो। विधान बमोजिम महाधिवेशन प्रतिनिधिहरुको मागलाई सम्बोधन गर्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण विशेष महाधिवेशन गर्नका लागि महाधिवेशन पक्षधरहरुले ठाउँ समेत बन्दोबस्त गरिसकेका छन् ।
नियमित महाधिवेशन अनिश्चित बनेपछि पार्टी विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको विकल्प अघि सारिएको हो। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराइसकेका छन्।
केन्द्रीय कार्यालयले उक्त मागलाई सम्बोधन गर्नु आफ्नो वैधानिक जिम्मेवारी भएको बताउँदै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा हस्ताक्षर गरी जारी सूचनामा सम्भव भएसम्म सर्वसम्मतिबाटै विशेष महाधिवेशनका प्रक्रियाहरू अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2काँग्रेसको विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइदै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img