Homeसमाचारविपद्मा सहयोग गर्नेलाई एकका लागि एक अभियानद्वारा सम्मानको तयारी

विपद्मा सहयोग गर्नेलाई एकका लागि एक अभियानद्वारा सम्मानको तयारी

बिर्तामोड १७ पुस । एकका लागि एक अभियान झापाले विपद्मा सहयोग गर्ने दाताहरुलाई सम्मान गर्ने भएको छ ।
गत असोज १८ र १९ गतेको बाढी–डुबान तथा पहिरोमा परी जनधनको क्षति व्यहोरेका पीडित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउन सहयोग गर्ने दाताहरुलाई अभियानले सम्मान गर्न लागेको हो । यही पुस २० गते आइतवार बिर्तामोडमा विशेष समारोहकाबीच दाताहरुलाई सम्मान गर्ने अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।
कार्यक्रममा विपद्को बेला सहयोग गर्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी झापालाई समेत सम्मान गरिने भएको छ । बिर्तामोडमा सम्पन्न अभियानको बैठकले सहयोग दातालाई सम्मान गर्ने र अभियानको हिसाब सार्वजनिक गर्ने निर्णय गरेको छ ।
झापाका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीलाई उक्त कार्यक्रममा विशेष सम्मान प्रदान गरिने बताइएको छ । विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रजिअ अधिकारीलाई सम्मान गर्न लागिएको हो । अधिकारी हाल काभ्रेपलान्चोक जिल्लाको प्रजिअको जिम्मेवारीमा छन् । कार्यक्रम होटल हेभनमा हुने बताइएको छ । संयोजक गिरीको अध्यक्षतामा भएको बैठकमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने तथा अभियानका सदस्य लीला चिमरिया, कुमारमणि पोखरेल, सजेश शिवाकोटी, ओमकृष्ण विमली, शिव कँडेल, प्रशान्त भण्डारी, हेम खड्का, आशिष वन, मिजास पोखरेल, गजेन्द्रबहादुर पौडेल, जीवनकुमार खड्का, तीर्थराज सिग्देल, युवराज कुँवर, विपीन बजगाँई, मनोज बस्नेत, चन्द्रकान्त ढकाल लगायतले विभिन्न सुझाव राखेका थिए । बैठकको सहजीकरण अभियानका सदस्य एकराज गिरीले गरेका थिए ।
अभियानको समन्वयमा विपद्बाट पीडित झापाको झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका र इलामका दुई हजार बढी परिवारलाई खाद्यान्न तथा गैरखाद्यान्न गरी प्रतिपरिवार तीन हजार रुपैयाँभन्दा बढीको राहत प्याकेज प्रदान गरिएको थियो । जिल्ला विपद् व्यवस्थापन समिति झापाको सहकार्यमा अभियानले उक्त राहत प्याकेज जुटाएर हस्तान्तरण गरेको थियो । अभियानको स्थापना कोभिड–१९को समयमा एक परिवारले एक परिवारलाई सहयोग गर्ने सोचका साथ २०७७ सालमा भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविपद्मा सहयोग गर्नेलाई एकका लागि एक अभियानद्वारा सम्मानको तयारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img