HomeFeatured 2बाल यौन दुव्र्यवहारमा संलग्न पक्राउ गर्ने पक्राउ

बाल यौन दुव्र्यवहारमा संलग्न पक्राउ गर्ने पक्राउ

भद्रपुर १६ पुस । झापाको भद्रपुरमा विद्यालय जाँदै गरेकी एक १४ वर्षीया नाबालिगलाई अश्लील हर्कत देखाई बाल यौन दुर्व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय मंगल टुडु रहेका छन्। टुडुलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
गत पुष १३ गते बिहान १० बजेतिरको समयमा विद्यालय जाँदै गरेकी बालिकालाई टुडुले बाटो छेकेर जिस्क्याउने र आफूले लगाएको कट्टु खोलेर संवेदनशील अङ्ग देखाई हैरानी दिएको आरोप लागेको छ ।
घटनाको उजुरी लगत्तै इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको टोलीले टुडुलाई पुस १४ गते नियन्त्रणमा लिएको थियो। पक्राउ परेका अभियुक्तलाई थप अनुसन्धान जारी रहेको बताइएको छ ।
पक्राउ परेका टुडुलाई मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धी कसूर अन्तर्गत बाल यौन दुर्व्यवहार मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अनुसन्धानका क्रममा अभियुक्त टुडुले यसअघि पनि सार्वजनिक बाटो तथा स्थानहरूमा विद्यार्थीहरूलाई संवेदनशील अङ्ग देखाउने र अश्लील हर्कत गरी मानसिक तथा शारीरिक हैरानी दिने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बाल यौन दुव्र्यवहारमा संलग्न पक्राउ गर्ने पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img