Homeसमाचारप्रत्यक्षका उम्मेदवारको खर्च २५ देखि ३३ लाखसम्म

प्रत्यक्षका उम्मेदवारको खर्च २५ देखि ३३ लाखसम्म

काठमाडौं । आगामी फागुन २१ गतेका हुन लागेको प्रतिनिधि सभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवारले गर्न पाउने खर्चको सिमा तोकेको छ । आयोगको सोमबार बसेको बैठकले प्रत्यक्षतर्फको उम्मेदवारले गर्न पाउने खर्चको सिमा तोकेको हो।
७७ जिल्लाका १६५ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र अनुसार फरक(फरक खर्चको सिमा निर्धारण गरिएको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार कम्तिमा २५ लाखदेखि बढीमा २७ लाखसम्म खर्च गर्न पाउने सिमा तोकिएको हो ।
आयोगका अनुसार बढीमा २५ लाखसम्म रुपैयाँसम्म खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा काठमाडौं १, काठमाडौं ३, काठमाडौं ६, काठमाडौं ७ र काठमाडौं ८ रहेका छन् ।
यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले खर्च गर्न सक्ने सिमा पनि तोकिएको छ । जसमा सम्बन्धित राजनीतिक दलले पेश गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्इा अनुसार प्रति उम्मेदवार २ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।
निर्वाचन खर्चमा मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवम विद्युतीय माध्यम सामाजिक सञ्जालसमेत, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय क्षेत्रमा खर्च गर्न पाउनेछन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रत्यक्षका उम्मेदवारको खर्च २५ देखि ३३ लाखसम्म
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img