Homeसमाचारनिर्वाचन सफल बनाउन शीर्ष नेतालाई प्रधानमन्त्रीको आग्रह

निर्वाचन सफल बनाउन शीर्ष नेतालाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवासमा आज नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेतासँग भएको छलफलमा उनले ती दललाई निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका पनि निर्वाचनलाई सफल बनाउनु सबैको जिम्मेवारी भएको भन्दै शिर्ष नेताहरुलाई निर्वाचन सफल पार्न आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री कार्कीले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन सरकारले उपलब्ध गराएको स्पष्ट पार्दै प्रधानमन्त्रीले सुरक्षाकर्मीको मनोबल बढेको जानकारी गराउनु भएको थियो । छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनिर्वाचन सफल बनाउन शीर्ष नेतालाई प्रधानमन्त्रीको आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img