HomeFeatured 2गौरबशाली साकोसको बार्षिक साधारणसभा:शेयर सदस्यलाई सक्रिय हुन् आह्वान

गौरबशाली साकोसको बार्षिक साधारणसभा:शेयर सदस्यलाई सक्रिय हुन् आह्वान

बिर्तामोड १२ पुस । जिल्ला सहकारी संघ झापाका बरिष्ठ उपाध्यक्ष दुर्गा सापकोटाले ८/१० सहकारीले गरेको फटाईंलाई तुलना गरेर सबै सहकारीले बद्मासी गर्छन् भन्ने गलत धारणा त्याग्नुपर्ने बताउनु भएको छ । सहकारीमा शेयर सदस्य मालिक हुने कुरालाई स्मरण गराउँदै उपाध्यक्ष सापकोटाले सञ्चालक समिति र कर्मचारीलाई गोठालो राखेर मालिकहरु ढुक्क भएर नबस्न सुझाउनु भयो ।
गौरबशाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको १६ औं बार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनमा उपस्थित शेयर सदस्यहरुलाई आफू मालिक रहेको सहकारीमा के भइरहेको छ ? भन्ने निरन्तर खबरदारी गरिरहन सुझाउँदै सापकोटाले यस्तो बताउनु भएको हो ।
संस्थाका अध्यक्ष लबकुमार चौधरीको अध्यक्षता तथा बरिष्ठ उपाध्यक्ष सापकोटाको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा देशभर रहेका ३० हजार सहकारी मध्ये एकाध सहकारीका सञ्चालकले गरेको बद्मासीको भागीदार अरुलाई बनाइनु नहुनेमा जोड दिंदै उपाध्यक्ष सापकोटाले सञ्चालक समितिलाई उत्तरदायी बनाउन शेयर सदस्य जागरुक भएर खबरदारी गरिरहन सुझाउनु भयो ।


सहकारी र बैंकबीचको अन्तरबारे प्रकाश पार्दै उहाँले बैंकलाई सदैव नाफाको चिन्ता हुने तर सहकारीलाई ठिक विपरित सहकारीका सदस्यको चिन्ता हुने गरेको बताउनु भयो ।
कार्यक्रममा ज्येष्ठ नागरिक तेजनारायण चौधरी, पत्रकार रेजिना गौतम, उत्कृष्ठ कर्मचारी तारा दाहाल, बालबचतकर्ता क्यालिष्टा चौधरी, आयुस राजवंशी, विनिशा राजवंशी, प्रियन्सा पौडेल, चेन्जाल राजवंशी, असल ऋणीहरु भीम विश्वकर्मा, विवेक धिमाल, योगेन्द्र भुजेल, स्वेच्छा खड्का, उत्कृष्ठ बचतकर्ताहरु कृष्णबहदुर राई, मालती चौधरी, निकीकुमारी साह, शम्भु साह र विनिता चौधरीलाई सम्मान गरिएको थियो ।
सम्मानित व्यक्ति व्यक्तित्वलाई प्रमुख अतिथि सापकोटा, संस्थापकहरु कपिल शिवाकोटी, भोजराज सिटौला, युवराज विमली, दाताराम तिम्सिना लगायतले नगदसहित सम्मान पत्रद्वारा सम्मान गरिएको सञ्चालक समितिका दमन्ता दाहालले जानकारी दिनुभयो ।
युवराज विमलीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि सापकोटा, पुष्पलाल चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने सञ्चालन रुपा राजवंशीले गर्नुभएको थियो ।
संस्थाको बार्षिक गतिविधि तथा आम्दानी खर्च समेटिएको प्रतिवेदन अध्यक्ष लवकुमार चौधरी र लेखा प्रतिवेदन लेखा समिति संयोजक नथुनीप्रसाद साहले प्रस्तुत गरेका थिए ।
२०६६ सालमा ३९ जना आठलाख ६९ हजार छसय रुपैयाँ शेयर पूँजीबाट शुरु भएको गौरबशाली बचत तथा ऋण सहकारीको गत असार मसान्तसम्ममा ९२ लाख ३० हजार दुईसय शेयर पूँजी पुगेको छ भनु एकहजार सातसय २ जना शेयर सदस्य रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । संस्थाले चालु आर्थिक वर्षमा २०लाख शेयर पूँजी थप्ने लक्ष्य राखेको प्रतिवेदनमा उल्लेख छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2गौरबशाली साकोसको बार्षिक साधारणसभा:शेयर सदस्यलाई सक्रिय हुन् आह्वान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img