बिर्तामोड पुस । बिर्तामोड ३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ ।
निर्वाचन समितिले सपथ ग्रहण गरेसंगै जिम्मेवारी सम्हालेको हो । निर्वाचन निर्वाचन समितिका संयोजक शम्भु थापा मगरले सपथ ग्रहण गराउनु भएको थियो ।
केही दिनअघि संस्थाको सातौ अधिवेशनबाट अध्यक्षमा होमप्रसाद सिटौला निर्वाचित हुनुभएको थियो । नवनिर्वाचित सिटौला यसअघि सञ्चालक समितिको उपाध्यक्ष हुनुहुन्थ्यो । त्यसभन्दा पहिला लेखा सुपरीवेक्षण समितिको संयोजक र दुई समितिको सदस्यको भूमिका निर्वाह गरिसक्नु भएको छ ।
त्यस्तै उपाध्यक्षमा केशवराज पाठक , सचिव अर्जुन पाठक , कोषाध्यक्ष भीमा शिवाकोटी रहनु भएको छ । समितका सदस्यहरुमा राजु चाम्लिङ, निरोज सिटौला , पुनम प्रसाई , टीका लामिछाने र नरेश न्यौपाने चयन भएका थिए । संस्थाले सातौं अधिवेशन तथा २० औं बार्षिक साधारणसभा केही दिनअघि सम्पन्न गरेको हो ।
त्यस्तै लेखा सुपरीवेक्षण समितितर्फ संयोजक अर्जुन न्यौपाने तथा सदस्यहरुमा होमप्रसाद उप्रेती र दिनेश अधिकारी चयन भएका छन् । संस्थाको नयाँ नेतृत्व चयनका लागि शम्भु थापा मगरको संयोजकत्वमा डिल्ली दाहाल र विनोद गौतम सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
निर्वाचन समितिका संयोजक शम्भु थापा मगरको अध्यक्षतामा समितिका सदस्य डिल्ली दाहालले संचालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष मोहन शिवाकोटी , निवर्तमान कोषाध्यक्ष काजी बुढाथोकी , कार्यकारी प्रमुख रुद्र सिटौलाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सिटौलाले प्रतिवद्धता मन्तव्य राखेका थिए ।
सिटौला नेतृत्वको टिमले सम्हाल्यो बिराट बहुउद्देश्यीय सहकारीको जिम्मेवारी



















