बिर्तामोड ५ पुस । पाथीभरा टाेल जीवन याेग प्रयाेगशाला बिर्तामोड-५ ले विश्व ध्यान दिवसकाे पूर्व सन्ध्यामा ध्यान दिवस पारेर सामुहिक ध्यान दिवस मनाएकाे छ । स्वस्शरीरका लागि अपरिहार्य मानिएकाे याेग ध्यानबारे सबैलाई जानकारी हाेस भन्ने उद्देश्यले बिर्तामोडकाे मुक्तिचाेकमा सामुहिक दिप प्रज्ज्वलन गर्नुका साथै जागरण तथा विभित्र ध्यान समेत गरिएकाे थियाे । पाथीभरा टाेल सुधार संस्थाका अध्यक्ष नारायण चिमरियाले याेग र ध्यानबारे आम बिर्तामोडबासीमा सन्देश पुगाेस् भन्ने उद्देश्यले सार्वजनिक ठाउँ आएर दिप प्रज्ज्वलका साथै ध्यान गरिएकाे बताउनु भयाे । ध्यान दिवसकाे अवसरमा पाथीभरा टाेलमा आइतबार विशेष कार्यक्रमकाे आया्जना गरिएकाे समितिका सचिव छवि बरालले जानकारी दिदै सहभागीताका लागि आह्वान समेत गर्नुभएकाे छ। पाथीभरा टाेलमा लामाे समयदेखि जीवन बिज्ञानकी प्रशिक्षक पुष्पा गौतम भण्डारीले ध्यान सिकाउदै आउनु भएकाे छ ।



















