Homeसमाचारचोरी तस्करी नियन्त्रणमा राज्य र समुदायको भूमिका महत्वपूर्ण

चोरी तस्करी नियन्त्रणमा राज्य र समुदायको भूमिका महत्वपूर्ण

बिर्तामोड ५ पुस । संगठित रुपमा गैह्रकानूनी ढंगबाट हुने बन्यजन्तु  चोरी तस्करी नियन्त्रणमा राज्य संगसंगै समुदायको भूमिका महत्वपूर्ण हुने बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
वातावरण कानून समाज नेपालको आयोजनामा सम्पन्न अन्तरक्रियाका सहभागीहरुले झापामा बन्यजन्तुको आक्रमणका कारण उत्पन्न आक्रोश, क्षति, राहत, चोरी शिकारी, कानूनी व्यवस्था, राजनीतिक पहुँच र त्यसले संरक्षणका लागि काम गर्ने संरक्षणकर्मीहरुमाथिको खतराका विषयमा सहभागीहरुले कुरा उठाएका थिए ।
बन्यजन्तुको चोरी तस्करीका कारण बन्यजन्तुहरु लोपोन्मुख अवस्थामा पुग्दा त्यसले मानव जीवन र इको सिष्टममै प्रभाव पार्ने खतरा रहेको उल्लेख गर्दै सहभागीहरुले संरक्षणकर्मी (अभियान्ता)हरुको सुरक्षा र कानूनी कारवाहीमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । साथै मानव र बन्यजन्तु द्वन्द्व व्यवस्थापन महत्वपूर्ण रहेको बताउँदै त्यसका लागि राज्य, समुदाय, विभिन्न संघसंस्था लगायतले समुदायतहसम्म बन्यजन्तु मैत्री वातावरण बनाउन र आय आर्जनसंग जोड्ने उपायको खोजी गर्नुपर्ने बताएका छन् ।
वातावरण कानून समाज नेपालका अध्यक्ष बरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठको अध्यक्षता तथा झापा जिल्ला न्यायाधिश महेन्द्रप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रियामा प्रमुख अतिथि पोखरेलले संगठित रुपमा हुने तस्करी कसरी गर्ने भन्ने जटिल समस्या भएको बताउनु भयो । कानूनले बर्जित गरेको कुरा अवैध चोरी तस्करी भए कानूनी कारवाही हुने स्पष्ट पार्दै न्यायाधिश पोखरेलले चोरी तस्करीको सूचना समुदायस्तरबाटै आउने हुँदा तथ्यगत प्रमाणमा ध्यान पुर्याउन अनुरोध समेत गर्नुभयो ।
त्यसैगरी नेपाल बार एसोसिएसन झापाका अध्यक्ष बसन्त नेपालले बन्यजन्तु संरक्षण इको सिष्टमसंग जोडिएको बताउँदै बन्यजन्तुको संरक्षणमा सामुदायिक बनको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
बरिष्ठ अधिवक्ता गजेन्द्र आचार्यले बन्यजन्तुको बासस्थान क्षेत्रमा उनीहरुको आहार नष्ट भएसंगै आहाराको खोजीमा बन्यजन्तु गाउँ पस्नु स्वाभाविक रहेको बताउँदै सामुदायिक वनभित्र आहारको व्यवस्थापन गर्न र चोरी तस्करी गर्नुहुँदैन भन्ने जनचेतना अभिबृद्धि गर्नु महत्वपूर्ण रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले बन्यजन्तुले पुर्याएको क्षति वापतको राहतमा समेत चलखेल हुनु दुखद भएको उल्लेख गर्दै चोरी शिकारी गर्नेहरु उम्काउन हुने राजनीतिक चलखेल गम्भिर समस्या उजागर भएको बताउनु भयो ।
त्यस्तै सामुदायिक बन उपभोक्ता महासंघ झापाका अध्यक्ष बेदराज भण्डारीले प्रकृतिका हरेक जीवजन्तु र वनस्पतिको संरक्षण अत्यावश्यक रहेको बताउँदै कानून सबैका लागि समान हुनुपर्ने बताउनु भयो । जंगली हात्तीको पीडा बाहुनडाँगीमा मात्र सिमित नभई जिल्लाभर फैलिएको बताउँदै हात्तीको पीडा सम्झेर अनेक प्रयास भएपनि मानिसको पीडालाई ध्यान दिन नसकेको बताउनु भयो ।
कार्यक्रममा बाहुनडाँगीमा कार्यरत मानव हात्ती द्वन्द्व न्यूनिकरण अभियान (र्यापिड रेस्पोन्स टिम) का सहसंयोजक सदेश पौडेल, मन्जित देवान, विश्वास विश्वकर्मा, चोरी तस्करी नियन्त्रण बन्यजन्तु संरक्षण समिति झापका सहसचिव केशव कौशिक, दुर्गाभिट्टा सामुदायिक बन कचनकवलका उपभोक्ता  टिकाराम भण्डारी,  भिमप्रसाद लुर्इंटेल, मेचीनगर नगरपालिका वडा नं.–१ का पूर्व वडाध्यक्ष पासाङ तामाङ, हरियाली सामुदायिक बन उपभोक्ता समिति हल्दिबारीका हरि गौतम, चन्द्रगढी सामुदायिक बन उपभोक्ता समितिका पूर्व अध्यक्ष दुर्गाप्रसाद भट्टराई, दहीझोडा सामुदायिक बन अर्जुनधाराकी कोशी राई, नमूना सामुदायिक बन उपभोक्ता समिति बुद्धशान्तिका खिमप्रसाद आङ्बो, खुदुनावारीकी धनमाया गौतम लगायतले बन्यजन्तुले आ आफ्नो क्षेत्रमा दिएको दुःख, चोरी तस्करी तथा त्यसले समुदायमा पारेको असरलाई समस्याका रुपमा राखेका थिए ।
हेमकला कट्टेलले सञ्चालन गरेको कार्यक्रममा बन्यजन्तुको संगठित गैह्रकानूनी ओसार पसार सम्बन्धी कानूनी सचेतना तथा समुदायस्तरीय क्षमता अभिबृद्धि परियोजना र संस्थाले झापाका स्थानीय तहमा गरेका कार्यक्रम, संरक्षित बन्यजन्तु र तिनीहरुका अंग तथा तस्विर संरक्षणमा नेपालको अवस्था र अन्तराष्ट्रिय क्षेत्र अभ्यासबारे सुरज श्रेष्ठले जानकारी गराउनु भएको थियो भने संस्थाका अध्यक्ष पदमबहादुर श्रेष्ठले संरक्षित बन्यजन्तुको संगठित चोरी तस्करी रोक्ने संस्थाको मुख्य उद्देश्य रहेको बताउँदै परियोजनाका लागि झापा छनौट हुनुको कारण, बन्यजन्तु चोरी तस्करी नियन्त्रणमा भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र कानूनी व्यवस्थाबारे जानकारी गराउनु भएको थियो । 

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचोरी तस्करी नियन्त्रणमा राज्य र समुदायको भूमिका महत्वपूर्ण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img