बिर्तामोड पुस । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८१/०८२ ९गत आर्थिक वर्ष० तीनकरोड ९९ लाख ८६ हजार एकसय ७५ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । को २५ औं बार्षिक साधारणसभा तथा माइन्युट प्रमाणिकरण बिर्तामोडमा सम्पन्न भएको छ ।
कर्णाली सहकारीले गतवर्षको प्राप्तीलाई आधार मानेर चालु आवमा नौकरोड ७७ लाख १६ हजार सातसय २७ रुपैंयाँ पुर्याउने लक्ष्य राखेको संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले प्रस्तुत गरेको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी गतआर्थिक वर्षको असार मसान्तसम्म कायम रहेका ६० हजार ७५० जना शेयर सदस्यमा बृद्धि गरी ६७ हजार नौसय ५३ जना शेयर सदस्य पुर्याउने लक्ष्य राखेको छ । झापा, इलाम र मोरङका २६ वटा पालिकालाई कार्यक्षेत्र बनाएको कर्णालीले झापामा ३२, इलाममा २ र मोरङमा ७ सहित ४१ वटा सेवा केन्द्रबाट वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।
संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षता तथा जयबहादुर गौतमको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा बोल्ने अधिकांस वक्ताले वित्तीय संस्थामा इमान्दारिता सबै भन्दा महत्वपूर्ण कुरा भएको बताउँदै सञ्चालक समितिदेखि ऋण सदस्यसम्म सबै इमान्दार भए संस्थामा समस्या नहुने धारणा राखेका थिए ।
सो अवसरमा रामप्रसाद सिटौला, महेन्द्रकुमार चुडाल, लेखा समिति संयोजक मोहन बेघा, हरिराज भट्टराई, बिमला गौतम भट्टराई लगायतले शुभकामनम मन्तव्य राखेका थिए । सचिव भूपाल बस्नेतले सञ्चालन गरेको साधारणसभामा स्वागत उपाध्यक्ष रामप्रसाद गौतमले गर्नुभएको थियो ।
२०८२ मंसीर २३ गतेदेखि इकाईगत र उपइकाईमार्फत विभिन्न सात स्थानमा ईकाइगत साधारणसभा सम्पन्न गरेको कर्णालीले आज अन्तिम अर्थात माइन्युट प्रमाणिकरण सभा सम्पन्न गरेको हो ।
संस्थाको बार्षिक साधारणसभामा इकाई प्रतिनिधिहरुले सहकारीबाट लिएको ऋण तिर्न इमान्दारिता देखाउनु पर्नेमा जोड दिएका थिए । सहकारीबाट लिएको ऋण तिर्ने कुरामा इमान्दारिता देखाउन अनुरोध गर्दै आफूलाई जस्तै अरुलाई पनि आवश्यक परेको होला, मैले तिरेभने अर्काले चलाउन पाउँछ भन्ने सोचेर इमान्दारिता देखाउन सुझाएका हुन् ।
सदस्य लक्षित सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सहयोग गर्दै आएको कर्णाली सहकारीले आजै ब्लड प्रेसर हाई विरामी भएकी कल्पना सुब्बालाई ९८ हजार पाँचसय, जण्डिसकी विरामी कुन्ता चापागाँईलाई २१ हजार छसय, सम्झना लिम्बूलाई पाँचहजार आठसय,रन्जिता लिम्बूलाई ३० हजार पाँचसय, संगिता गुरुङलाई २५ हजार एकसय, आशा चौधरीलाई १० हजार आठसय र शेरबहादुर भट्टराईलाई आठहजार पाँचसय रुपैयाँ वितरण गरेको छ । उपचार सहयोग रकम प्राप्त गर्नेमा शेयर सदस्य स्वयं तथा उनीहरुका परिवारका सदस्य रहेको जनाइएको छ ।
कर्णालीको मुनाफा तीनकरोड ९९ लाख ८६ हजार १७५ रुपैयाँ



















