Homeसमाचारमहिला उद्यमीद्वारा विद्यार्थीलाई सिपमुलक तालिम

महिला उद्यमीद्वारा विद्यार्थीलाई सिपमुलक तालिम

भद्रपुर २९ मंसीर । शिक्षासंगै सिप पनि भन्ने मुख्य नारालाई साक्षात्कार गर्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल झापाले विद्यार्थीहरुलाई सिपमुलक तालिम सञ्चालन गरेको छ ।
संघले सोमबार बिर्तामोड–५ स्थित देवी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई सिपमुलक तालिम प्रदान गरेको हो ।


तालिममा विद्यार्थीहरुलाई दैनिक प्रयोग गरिने साबुन, बुटिक, फुल निर्माण गर्न सिकाइएको थियो ।
तालिममा फ्युचर फ्लेमकी प्रोपाइटर आशा बानियाँ, बेदान्त अर्गानिक साबुनकी सञ्चालक बेदकुमारी सुवेदी, सबिना तिवारी लगायतले अभ्यास गराएका थिए ।


महिला उद्यमी संघ नेपाल झापाकी अध्यक्ष सर्मिला अधिकारीको अध्यक्षता तथा देवि मावि व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न तालिम उद्घाटन सत्रमा प्रमुख अतिथि लिङ्देन, तालिमकी सहजकर्ता बानियाँ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
आयोजक संस्थाकी महासचिव दिपा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत पुनम अधिकारी र औचित्यमाथि प्रकाश अध्यक्ष सर्मिला अधिकारीले पारेकी पार्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमहिला उद्यमीद्वारा विद्यार्थीलाई सिपमुलक तालिम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img