HomeFeatured 2राष्ट्र सेवक सहकारीको अध्यक्षमा लक्ष्मीप्रसाद

राष्ट्र सेवक सहकारीको अध्यक्षमा लक्ष्मीप्रसाद

भद्रपुर ६ मंसीर । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरको २६ औं वार्षिक साधारणसभाले लक्ष्मीप्रसाद गुरागाईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
शनिबार सम्पन्न सभाले उपाध्यक्षमा तेजिन्द्र नेउपाने, सचिवमा शेषराज पौडेल र कोषाध्यक्षमा कृष्ण रुचाललाई सर्वसम्मत चयन गरेको हो । आगामी ४ वर्षे कार्यकालका लागि गठित समिति सदस्यमा भिमा भट्टराई, जीवनकला राउत, मन्दिरा श्रेष्ठ, राजेन्द्र प्याकुरेल, घनेन्द्रप्रसाद ढकाल, सुरेस भट्टराई र सुवास कुमार विकलाई निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिले जनाएको छ ।
सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय महासचिव रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यमा भएको उद्घाटन सत्रमा अध्यक्ष अधिकारीले ३ अर्बको सम्पति दायित्व परिचालित सहकारीको आ व २०८१/८२ मा एककरोड ५८ लाख ७४ हजार पाँचसय रुपैयाँ बराबरको शेयरपूँजी रहेको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विगत ४ वर्षे कार्यकालमा सहयोग पुर्याउने सञ्चालक समिति पदाधिकारीहरु अध्यक्ष अधिकारी सहित ४ जना तथा कर्मचारी अनुज खतिवडा र नुतन पौडेललाई पुरस्कार सहित प्रशंसा पत्रद्वार सम्मान गरिएको थियो । उपाध्यक्ष डिल्ली ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन नवराज पोखरेलले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2राष्ट्र सेवक सहकारीको अध्यक्षमा लक्ष्मीप्रसाद
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img