HomeFeatured 2सिदार्थ शिशु सदनका विद्यार्थीलाई लागू औषध दुव्र्यसन सम्बन्धी सचेतना

सिदार्थ शिशु सदनका विद्यार्थीलाई लागू औषध दुव्र्यसन सम्बन्धी सचेतना

भद्रपुर ५ मंसीर । झापाको भद्रपुर ५ स्थित सिदार्थ शिशु सदनले कक्षा ११ मा भर्ना भई अध्ययनरत एकसय ५५ जना विद्यार्थीलाई स्वागतका साथै लागू औषध दुव्र्यसन सम्बन्धि चेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ।
सचेतना कार्यक्रममा बोल्दै प्रमुख अतिथप समेत रहनु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख राजन लिम्बूले लागू औषध सेवन, ओसार पसार बेचविखत विरुद्ध हुने कानुनी कार्वाहीका बारेमा जानकारी दिनुभयो । लागू औधध सेवन लगायतका विषयमा कानुन कार्यान्वयन गर्न प्रहरी प्रतिवद्ध रहेको बताउदै कुनै पनि अपरामा विद्यार्थीलाई सहभागी नहुन आग्रह गर्नुभयो । प्रहरी प्रमुख लिम्बूले चिठ्ठा लगायतका सामाजिक सञ्चालन बाट हुने विभिन्न साईवर अपराध बाट विद्यार्थी वर्ग लगायतको आम जन समुदाय सचेत रहनु पर्नेमा जोड दिनुभयो । खुला सिमानाका कारण झापामा दुव्र्यसनको जोखिम रहेको उल्लेख गर्दै नियन्त्रणका लागि सबै पक्ष सचेत रहनु पर्नेमा उहाँको जोड थियो ।
विद्यालयका प्रवन्धक निर्देशक प्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आरोही ईन्भेष्टम्यान्टकना अध्यक्ष रमेश पोखरेलको, भद्रपुर वडा नं. ५ सदस्य जेषमल ठाकुर, लगायतका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी ,शिक्षक शिक्षिकाको सहभागीता रहेको थियो । कमला भण्डारीले स्वागत गरेको कार्यक्रममा गीत तथा नृत्य सहितका विभिन्न कलाहरु प्रस्तुत गर्दै कक्षा ११ मा अध्यापनका लागि भर्ना भएका विद्यार्थीलाई स्वागत गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सिदार्थ शिशु सदनका विद्यार्थीलाई लागू औषध दुव्र्यसन सम्बन्धी सचेतना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img