भद्रपुर मंसीर । डोरीतान खेललाई सबै सामु परिचित गराउँदै खेलाडीको आकर्षण बढाउने तथा व्यवसायिक खेलतर्फ उत्प्रेरित गर्ने झापाको हल्दिबारीमा डोरीतान जिल्ला कमिटी झापा र हल्दिबारी जेसीजको आयोजनामा जिल्लास्तरको डोरी तान्ने (टग अफ वार) प्रतियोगिता हुने भएको छ ।
२०८२ मंसिर ११ गते झापाको हल्दिबारी–५ स्थित मोती आधारभूत विद्यालय कञ्चनश्रीको खेल मैदानमा हुने प्रतियोगिता प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको डोरीतान झापा तथा हल्दिबारी जेसीजकी अध्यक्ष युनिता दवाडीले जानकारी दिइन् ।
डोरी तान्ने खेललाई नेपालमा लोकप्रिय बनाउँदै यसबाट पर्यटन विकास गर्ने र खेलाडीहरूको भविष्य सुनिश्चित गर्ने मुख्य उद्देश्य रहेको आयोजक संस्थाले प्रष्ट पारेका छन् ।
प्रतियोगितामा ३ वटा विभागीय टिमसहित १८ वटा टिमको सहभागिता हुने प्रतियोगितामा च्याम्पियन हुने टिमले नगद ५१ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिता सम्पन्न गर्न लगभग नौलाख ८२ हजार रुपैयाँ लागत अनुमान रहेको आयोजकले जनाएको छ ।
हल्दिवारी जेसीजले यस खेलको माध्यमबाट समाजलाई एकजुट बनाउने, सामाजिक विकासलाई प्रवद्र्धन गर्ने र युवाहरूलाई खेलकुदमा सक्रिय गराउने अपेक्षा राखेको छ । डोरीतान झापा जिल्ला कमिटीले आयोजना गरेको प्रतियोगितात्मक डोरीतानको पहिलो संस्करणमा ३ वटा विभागीय टिम र झापाका ११ वटा पालिकाका ११ टिमसहित १४ वटा टिमले प्रतिष्पर्धा गरेका थिए । सहभागि टिम मध्ये कचनकवलले उपाधी जितेको थियो ।
दोस्रो संस्करणको प्रतियोगिताको उद्घाटन कोशी प्रदेश प्रमुख अम्बरबहादुर विष्टले गर्ने बताइएको छ ।
हल्दिबारीमा हुने जिल्लास्तरिय डोरीतान प्रतियोगिताको तयारी अन्तिम चरणमा

































































































