बिर्तामोड १८ भदौ । झापाका महिला पत्रकारहरूको साझा संस्था नारी सञ्चार गृह झापाको १४ औँ स्थापना दिवस तथा १३ औँ वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षता र प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष तथा नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष अम्बिका भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
सभामा संस्थाको संगठनात्मक प्रतिवेदन सचिव दिपा सापकोटा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुनिरा मैनालीले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनमाथि सदस्यहरूले छलफल गर्दै आगामी दिनमा संस्था अझ सबल र सक्षम बनाउने सुझावसहित पारित भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि भण्डारी, पूर्वअध्यक्ष भिमा शिवाकोटी, संस्थापक सदस्य भवानी क्षेत्री र रोटरी क्लब अफ बिर्तामोड मिड टाउनकी अध्यक्ष पुष्पाञ्जली सिन्हाले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । उहाँहरूले संस्थाको सुरुवाती दिनहरूमा महिला पत्रकारहरूले भोगेका संघर्ष र चुनौतीहरूको स्मरण गर्दै, आज नारी सञ्चार गृह झापाले आफ्नै पहिचान स्थापित गर्न सफल भएकोमा खुशी प्रकट गर्नुभयो । साथै, महिलाको सशक्तिकरण र पत्रकारिताको क्षेत्रमा समान अवसर दिलाउन संस्थाको भूमिकालाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा झापाका महिला सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष ज्योस्ना श्रेष्ठले गर्नुभएको थियो ।
नारी सञ्चा गृहको १४ स्थापना दिवस तथा १३ बार्षिक साधारणसभा



















