भद्रपुर १८ भदौ । सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउँदै आएको पेन्सनमा आधारित ८५ औ पेन्सन दिवस भद्रपुरमा मनाइएको छ । पूर्व प्राध्यापक ,शिक्षक, निजामती , सेना, प्रहरी, न्याय सेवा तथा संघ संस्थाका कर्मचारीहरु सामेल निवृत्त राष्ट्रसेवक समाज भद्रपुर नगर समितिद्वारा आयोजित कार्यक्रममा एक महिलासहित तीनजना अवकास प्राप्त ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । कार्यक्रम रेयुकाईको सामुदायिक भवनमा सम्पन्न भएको हो ।
समाजको वार्षिक साधारणसभा ज्येष्ठ सदस्य खगेश्वर कोईराला , गुणबहादुर आले मगर र अवकास प्राप्त महिला रेणु राईलाई प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समाजका झापा अध्यक्ष ढाकालाल अधिकारी, भद्रपुर समाजका अध्यक्ष मुक्तिनाथ दाहाल लगायतले सम्मान गर्नुभएको थियो । यसै गरी आर्थिक अवस्था कमजोर भएका भद्रपुरका २ जना छात्रालाई पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत हुनेमा विरेन्द्र मा वि चन्द्रगढीको कक्षा ५ मा अध्यनरत छात्रा आशिका श्रेष्ठ र भानु आधारभूत विद्यालयमा कक्षा ३ मा अध्यनरत छात्रा रोशनी खातुनलाई नगद सहित प्रोत्साहन पत्रले पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा संस्थाको सांगठनिक प्रतिवेदन अध्यक्ष दाहालले प्रस्तुत गर्नु भएको थिए भने लेखा प्रतिवेदन कोषाध्यक्ष दिपेन्द्र घिमिरेले प्रस्तुत गरेका थिए । अध्यक्ष दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अधिकारी ,समाजका सल्लाहकार शिवकुमार राजभण्डारी ,माधव प्रसाद घिमिरे ,राजकुमार थापा , रुद्ग गुरागाई लगायतले मन्तव्य राख्नु भएको थियो । सचिव खड्कबहादुर बुढाथोकीले संचालन गरको कार्यक्रममा स्वागत धरणी शर्मा न्यौपानेले गर्नु भएको थियो ।
८५ औ पेन्सन दिवसमा तीनजना सम्मानित

































































































