Homeसमाचारराजनीति चेन अफ कमाण्डमा चल्नुपर्छ पूर्व महामन्त्री

राजनीति चेन अफ कमाण्डमा चल्नुपर्छ पूर्व महामन्त्री

बिर्तामोड १८ भदौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले लोकतान्त्रिक पद्धतिमा पार्टी राजनीति चेन अफ कमाण्डबाट सञ्चालन हुनुपर्ने बताउनु भएको छ ।
नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा बिर्तामोडको सिपी होटलमा आयोजित दैनिक उपभोग्य बस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो विषयक अन्तरसंवाद कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्व महामन्त्री कोइरालाले निर्वाचित सभापतिले सबै कार्यकर्तालाई समान व्यवहार गर्नुपर्ने बताउनु भयो ।
चिकित्सा पेशामा रहँदा आफूले एकलाख मानिसको आँखाको अप्रेसन गरेर संसार देखाउँदा पाएको सन्तुष्टि अरु केहीले दिन नसक्ने बताउँदै डा. कोइरालाले राजनीतिमा भाषण काम र परिणाम फरक हुने अनुभूति गरेको सुनाउनु भयो ।
नेपालका १७ लाख हेक्टर खेतीयोग्य जमिनबाट ३० करोड जनतालाई खान पुग्ने अन्न उत्पादन हुने भएपनि उत्पादन क्षमतामा ह्रास आउँदा व्यापार घाटा बढेको उहाँको भनाई थियो । कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन सरकारले विशेष योजना ल्याउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाली कांग्रेसका संस्थापक नेता वि.पी. कोइराला अत्यन्तै दुरदर्शी र संवेदनशिल नेता भएको चर्चा गर्दै उहाँले आफ्नो जीवनका प्रेरक प्रसङ्गहरु जोड्नुभएको थियो ।
नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले उपभोक्ताका आवाजहरू संकलन गरी केन्द्रीय छलफलमार्फत सरकारसम्म पु¥याइने बताउनुभयो । ०८३ मंसिर भित्रै पार्टीको महाधिवेशन हुने बताउँदै उहाँले पार्टीको क्रियाशिल सदस्यता नवीकरणलाई समयमै सक्न निर्देशन दिनुभयो । नेपाली कांग्रेस तिनै तहमा सबैभन्दा ठूलो दल बनेकोमा कांग्रेस कार्यकर्ताले गर्व गर्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा उर्जामन्त्री दिपक खड्काले जनता र पार्टी अनि सरकारबीचको सम्बन्ध प्रगाढ हुनु आवश्यक रहेको बताउनुभयो । अस्थिर सरकारका कारण थिलथिलो भएको अर्थतन्त्र र राजनीतिलाई अघि बढाउन संयुक्त सरकार बनेको उहाँको भनाई थियो । सरकार निजी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न तयार रहेको र गरिरहेको बताउँदै उहाँले ‘लोडसेडिङ नभएको र ट्रीपिङ मात्र भएको हो’–भन्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मिन विश्वकर्माले उपभोक्ता, उत्पादक र विक्रेताको अभिभावक राज्य भएकाले यी तिनै पक्षबीच सन्तुलन कायम राख्न पहल गर्नुपर्ने बताउनुभयो । खुलानाकाका कारण आयात प्रणाली अब्यवस्थित रहेको बताउँदै नेता विश्वकर्माले खाद्यान्नमा मिसावट, तरकारी–फलफुलमा विषादीका कारण दीर्घरोग लाग्ने गरेको बताउनुभयो । खाद्यान्नमा भएको मिसावट जाँचका लागि पर्याप्त मात्रामा ल्याव नभएको बताउँदै नियमनकारी निकाय प्रभावकारी नरहेको बताउनुभयो । उपभोक्ता सचेत भएर उत्पादनको गुणस्तर जाँचमा सरकार सचेत भएमात्रै उपभोक्ता अधिकार सुनिश्चित हुने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरिता प्रसाईले किसान र उपभोक्ताका समस्या संसदबाट समाधान गर्न पहल गर्ने बताउनुभयो ।
अर्का केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बाले गुट–उपगुटको कुरा नगर्न आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य गोमा भटराईले हरेक उपभोग्य वस्तुमा मिसावट देखिने बताउँदै गुणस्तर मापन र उपभोक्ता र उत्पादकबीचको ब्यापार असन्तुलन हटाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य उर्मिला थपालियाले चाडबाडमा उपभोक्ता सचेत हुनुपर्ने धारणा राख्दै सामाजिक सञ्जालका भ्रमपूर्ण प्रचार–प्रसार नियन्त्रण गरी गुटगत राजनीतिको अन्त्य गरे पार्टी बलियो हुने धारणा राख्नुभयो ।
विभागका सदस्य प्रेमराज महर्जनले कार्यपत्र प्रस्तुत गर्दै उपभोक्ता सचेत नभएका कारण ठगिएको बताउँदै कालाबजारी र बिचौलियाहरुको नियन्त्रण आवश्यक रहेको बताउनुभयो । बजार व्यवस्थापन र उपभोक्ताप्रतिको दायित्व व्यवसायीहरुको पनि हो भन्नुहुँदै महर्जनले भ्रष्टाचार नियन्त्रण हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जे.पी. शर्मा, ओम विमली, केशवराज पाण्डे, विरबहादुर चौहान, सन्तोष अग्रवाल, दुर्गाप्रसाद प्रसाई, डिल्ली रिजाल, पार्वता खरेल विमली, आशिष आङबो, गिता खरेल, राधा सुब्बा, अन्जु विमली, राकेश सुराना लगायतले आ–आफ्ना धारणा राख्दै ब्यापारघाटा घटाउन सरकारले स्पष्ट योजना ल्याउनुपर्ने, उत्पादित वस्तुको बजारीकरणमा स्पष्ट नीति लिनुपर्ने, विषादीको नियन्त्रण गर्नुपर्ने, निर्यात ब्यापारलाई प्रोत्साहन गर्नुपर्ने, कार्यपत्रको घेरा फराकिलो बनाइनुपर्ने, वंगलादेश पारवहन ब्यापार र एसियन हाइवे लगायतका विषय समेट्नुपर्ने, इमान्दार ब्यापारीहरु अबैध ब्यापारको मारमा परेको, सरकारले ठूला ब्यवसायीलाई छुट दिएपनि साना ब्यवसायीलाई सहुलियत नदिएको, मलखाद र सिंचाई ब्यवस्था नभएको लगायतका समस्या राखेका थिए ।
विभागका संयोजक गुरु बरालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा स्वागत नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले गर्नुभएको थियो ।
कार्यक्रममा च्याम्बर अफ कमर्शका तर्फबाट रमेश शर्मा र प्याब्सन, एनप्याब्सन, हिसान, मन्टेश्वरी संघ लगायतका तर्फबाट एनप्याब्सन केन्द्रीय सदस्य जयबहादुर श्रेष्ठले आ–आफ्नो मागपत्र प्रमुख अतिथि कोइरालालाई बुझाउनुभएको थियो ।
महेन्द्र काफ्लेले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन लिला ढुङ्गेलले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारराजनीति चेन अफ कमाण्डमा चल्नुपर्छ पूर्व महामन्त्री
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img