HomeFeatured 2प्रमोद तामाङ सुशासन पत्रकारिता पुरस्कार खनाललाई

प्रमोद तामाङ सुशासन पत्रकारिता पुरस्कार खनाललाई

भद्रपुर १५ भदौ । भद्रपुरस्थित नेपाल निजामती कर्मचारी संगठन तथा राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था झापाले स्व. प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कार २०८२ बाट एक पत्रकारसहित ३ जनालाई सम्मान गरेको छ । आईतबार चन्द्रगढीमा आयोजित कार्यक्रममा पत्रकार उमाकान्त खनाललाई नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको हो ।
यसै गरी स्व. प्रमोद तामाङ स्मृति उत्कृष्ट राष्ट्र सेवक पुरस्कारबाट अर्जुनधारा नगरपालिकाका सव ईन्जिनियर कमलराज पौडेल र ईलाका वन कार्यालय सुरुङ्गाकी कार्यलय सहयोगी देवका गौतमलाई नगदसहित प्रशंसा पत्रसहित वर्ष उत्कृष्ट कर्मचारी सम्मान गरिएको थियो । त्यसै गरि यस वर्ष सदस्य सन्तती मध्यबाट उत्कृष्ट अंक ल्याई सामुदायिक विद्यालयबाट कक्षा १२ उत्रिर्ण भएकी छात्रा ताकिता शर्मालाई नगद सहित प्रशंसा पत्रले पुरस्कृत गरिएको थियो ।
सम्मानितलाई प्रमुख अतिथि संगठनकी केन्द्रीय अध्यक्ष भवानी न्यौपाने , संगठन झापा अध्यक्ष हिरण्य न्यौपाने सहकारी अध्यक्ष वशिष्ठ अधिकारी लगायतले नगद सहित सम्मान गरेका थिए । संगठन झापा अध्यक्ष न्यौपानेले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा स्वागत संगठनका कोषाध्यक्ष मनोज भट्टराईले राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव पूर्णचन्द्र मैनालीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथ न्यौपाने, सहकारी अध्यक्ष वशिष्ठ अधिकारी , सम्मानित व्यक्ति खनाल, गोपाल कुमार अधिकारी ,बसन्त कुमार बानियाँ लगायतले मन्तव्य राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्रमोद तामाङ सुशासन पत्रकारिता पुरस्कार खनाललाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img