बिर्तामोड भदौं । १२ औं स्थापना दिवसको अवसरमा निरन्तर बचत तथा ऋण सहकारी संस्था (साकोस) ले आयोजना गरेको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् ।
जिल्लामा रगतको अभाव बढ्दै जान थालेसंगै रगतको परिपूर्तिका लागि समन्वय र सहजीकरण गर्दै आएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले विभिन्न संघ संस्थालाई रक्तदान गर्न आह््वानलाई ध्यान दिंदै रक्तदान गरिएको आयोजक संस्थाका सचिव हरिप्रसाद आचार्यले बताउनु भयो ।
रक्तदानमा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको सहकारीका सञ्चालक समिति सदस्य खेमराज बरालले जानकारी दिनुभयो ।
अध्यक्ष भिष्म दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व लेखा समिति संयोजक ध्रुव गौतमको प्रमुख आतिथ्य रहेको थियो ।
निरन्तर साकोेसद्वारा रक्तदान

































































































