Homeसमाचारशसस्त्र द्वन्द्वको घाऊ : अवस्था सार्वजनिक गर्न माग गर्दै पीडित

शसस्त्र द्वन्द्वको घाऊ : अवस्था सार्वजनिक गर्न माग गर्दै पीडित

बिर्तामोड १४ भदौं । अन्तराष्ट्रिय वेपत्ता दिवसको अवसरमा बिर्तामोडमा सामुहिक दिप प्रज्ज्वलन गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र वेपत्ता परिवार झापाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको समन्वयमा बिर्तामोडस्थित मुक्तिचोकमा सामुहिक दिप प्रज्ज्वलन गरिएको हो ।
सो अवसरमा नेपालमा तत्कालिन माओवादी द्वन्द्व कालमा राज्यपक्ष र विद्रोही दुवै पक्षले वेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न माग गरिएको छ । वेपत्ता पारिएका परिवारले आफ्ना आफन्तको अवस्था के छ ? भन्ने कुरा जान्न पाउने अधिकार रहेको उल्लेख गर्दै वेपत्ताको अवस्था, सास, लास वा दिवंगत भइसकेको भए दिवंगत भएको तिथि, मिति पीडित परिवारलाई जानकारी गराउनु पर्नेमा जोड दिएका थिए ।
नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले द्वन्द्व समाप्त भएको १९ वर्षसम्म पनि वेपत्ताका बारेमा केही पनि सार्वजनिक नहुनु दुःखद भएको बताउँदै अवस्था सार्वजनिक गरेर पीडितको पीडामा मल्हमपट्टी लगाउन आग्रह गर्नुभयो । वेपत्ता पारिएका आफन्तको अवस्था जान्न पाउने पीडित परिवारको अधिकार भएको स्मरण गराउनु भयो ।
त्यस्तै बेपत्ता परिवार झापाका अध्यक्ष डिल्ली रिजालले द्वन्द्व सकिएको दुई दशक भएपनि आफन्त गुमाएको पीडा उस्तै रहेको बताउँदै अवस्था सार्वजनिक गर्न माग गर्नुभयो । जीवित हुनुहुन्छ भन्ने त हामीलाई पनि आस छैन, राज्यले अवस्था जानकारी गराइदिए कम्तीमा आ–आफ्नो संस्कार अनुसार केही गर्न त पाउँथ्यौं रिजालले भन्नुभयो ।
मानव अधिकारीबादीहरु सदैव स्वतन्त्रता पूर्वक बाँच्न पाउनु पर्छ भन्ने कुरामा जोड दिंदै आएको बताउँदै मानव अधिकार सञ्जाल झापाका अध्यक्ष रुपक खनालले वेपत्ताको अवस्था समेत जानकारी नपाउनु दुःखद रहेको बताउनु भयो । वेपत्ता भएकाहरुको अवस्था सार्वजनिक गर्नका लागि दवाव सिर्जना गर्नुपर्नेमा जोड दिंदै मानवअधिकारवादीहरु सहयोगका लागि तयार रहेको बताउनु भयो ।
रेडक्रसका महामन्त्री चन्द्र चुडालले सहजीकरण गरेको अन्तरक्रिया तथा दिप प्रज्ज्वलन कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो ।
‘जान्न पाउने अघिकार, उनीहरु बिर्सिएका छैनन्, परिवारले जवाफ पाउनै पर्छ, खोजी जारी छ, नाराका साथ यसवर्षको अन्तराष्ट्रिय बेपत्ता दिवस मनाइएको छ ।
शसस्त्र द्वन्द्वकालमा झापाका ३३ जनासहित देशभरबाट १३२३ जना वेपत्ता पारिएकाहरुको अवस्था अझै सार्वजनिक भएको छैन । शसस्त्र द्वन्द्व समाप्त भएर देश शान्तिपूर्ण राजनीतिमा फर्किएको १९ वर्ष वितेको छ । यो समयमा द्वन्द्वको नेतृत्व गरेको माओवादी पार्टी तथा अरु कांग्रेस–एमाले, राप्रपा समेत सत्तामा पुगिसकेको छ । यद्यपी कसैले पनि वेपत्ताको अवस्थाबारे जानकारी गराउनका लागि चासो नदेखाएको पीडितको गुनासो छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारशसस्त्र द्वन्द्वको घाऊ : अवस्था सार्वजनिक गर्न माग गर्दै पीडित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img