भद्ररपुर २७ साउन । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल भित्र्याउँदै गरेकाे ठूलाे परिणामकाे माेवायलका पार्टपूर्जासहित भारतीय नम्बर प्लेटकाे गाडी नियन्त्रणमा लिएकाे छ ।
प्रहरीले मेचीनगर नगरपालिका वडा नं. ६ स्थित भन्सार गेटबाट माेवायलका पार्टपुर्जासहित सवारी चालक र गाडी नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गाडी लाई चेकजाँच गर्ने क्रममा भन्सार छली लुकाई छिपाई ल्याएको मोवाइलको पार्ट पुर्जाहरु गाडीको पछाडीको डिकीको भागमा मोवाइल पार्टपूर्जा गाडी चेकजाँच गर्ने क्रममा भन्सार छली लुकाई छिपाई ल्याएको मोवाइलको पार्ट पुर्जाहरु गाडीको पछाडीको डिकीको भागमा मोवाइल पार्टहरु ४१ थान आइफाेन ग्लास, ४१ थान आइफाेन एलसीडी (जि एक्स) , २८ आइफाेन एलसीडि, २३० थान एन्ड्राेएड एलसिडि, ३६ थान एन्ड्राेएड कभर ग्लास, २ थान आइफाेन टच, २ थान ट्याव टच , ५८ थान आइफाेन ब्याट्री, १९० थान एन्ड्राेएड ब्याट्री, ११० थान एन्ड्राेएड मिडनाग्जिक, एनसेल आइफाेन एलसिडी १५ र एन्ड्राेएड एलसिडि १७ थान बरामद गरेकाे जनाइएकाे छ ।
बरामद गरिएकाे सामन र गाडीकाे मूल्यसहित अन्दाजी १४ लाख ३० हजार बराबरकाे रहेकाे बताइएकाे छ।
पक्राउ परेका पश्चिम बंगाल सिलीगुढीस्थित शिवनगर काेलाेनी, प्रधान नगर न्यूँ दार्जिलिङ बस्ने बर्ष २८ का राज ठाकुरलाई डब्लुबि २६ के ०७४६ नम्बरकाे गाडीसहित सामान चालकलाई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

































































































