HomeFeatured 2बिर्तामोड राउण्ड टेबलकाे अध्यक्षमा बिकाश

बिर्तामोड राउण्ड टेबलकाे अध्यक्षमा बिकाश

झापा २७ साउन । बिर्तामोड राउण्ड टेबलकाे यस वर्षकाे कार्यकारिणी अध्यक्षमा बिकाश अग्रवाल चयन भएका छन् ।

बिर्तामोड राउण्ड टेबलको ८औँ वार्षिक साधारण सभाले एजीएम मार्फत अध्यक्षमा अग्रवाललाई चयन गरेकाे हाे ।

इष्टाना रिसोर्ट, दार्जिलिङमा सम्पन्न साधारणसभाबाट उपाध्यक्ष रमन गोयल, सचिव साहिल अग्रवाल र कोषाध्यक्ष सुमित पेरिवाल चयन भएका छन् ।

साधारणसभा अधिकांश सदस्यहरू आफ्ना परिवारसहित कार्यक्रममा सहभागी भएका थिए ।

शिक्षा, वातावरण र रक्तदान जस्ता सामुदायिक सेवामा सक्रिय बिर्तामोड राउण्ड टेबलले एजीएममार्फत नयाँ नेतृत्व चयन गरेको हो ।

यसअघि अघिल्लो मनोज गोयल नेतृत्वको टिमले गरेकाे कामकाे प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरिएकाे थियाे । उपाध्यक्ष बिकाश अग्रवाल, सचिव दीपक मित्तल र कोषाध्यक्ष रमन गोयलको सफल नेतृत्वको प्रशंसा गरियो ।

बिर्तामोड राउण्ड टेबल, राउन्ड टेवल नेपाल अन्तर्गतको एक सक्रिय टेबल हो । जुन अन्तर्राष्ट्रिय राउन्ड टेवलको सदस्य पनि हो । अन्तर्राष्ट्रिय राउन्ड टेवल विश्वका ६० भन्दा बढी देशमा फैलिएको युवा पेशेवरहरूको गैर–राजनीतिक र गैर–धार्मिक संस्था हो, जसको उद्देश्य मित्रता, सेवा र नेतृत्व विकासलाई प्रवर्द्धन गर्नु रहेकाे बताइएकाे छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोड राउण्ड टेबलकाे अध्यक्षमा बिकाश
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img