HomeFeatured 2गौरादहमा महिला संघको स्थापना दिवस तथा तीज मिलन कार्यक्रम

गौरादहमा महिला संघको स्थापना दिवस तथा तीज मिलन कार्यक्रम

गौरादह २५ साउन । नेपाल महिला संघ गौरादह नगर समितिले ७८ औ स्थापना दिवसको अवसर पारेर तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल महिला संघ गौरादह नगर समिति र कल्पबृ क्ष महिला समुहको संयुक्त आयोजनामा महिलाहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
नेम संघ नगर समिति अध्यक्ष उर्मिला कार्कीको अध्यक्षता र नेम संघ झापा अध्यक्ष टीका सिटौला मैनालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस झापाका सद्स्य रामकुमारी पौडेल, दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईं, नेम संघ ५ नम्बर क्षेत्रीय अध्यक्ष गोमा बुढाथोकी लगायतले मन्तव्य राख्नुभएको थियो ।
भिममाया खवासले स्वागत गर्नुभएको कार्यक्रमको सन्चालन लक्ष्मी चिमरिया र रेणु बडुवालले गर्नुभएको थियो । कार्यक्रममा महिलाहरुले तीज गीत एवं नृत्य प्रस्तुत गरेका थिए । महिलाहरूको राजनीतिक एवं शैक्षिक अधिकारको माग गर्दै २००४ साल साउन २४ गते महिला संघको स्थापना भएको थियो । महिला संघको नेतृत्व मङगलादेबी सिंहले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2गौरादहमा महिला संघको स्थापना दिवस तथा तीज मिलन कार्यक्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img