Homeसमाचारकैलाली कारगार झडप: गृहमन्त्रीले बोलाए सुरक्षा निकायको बैठक

कैलाली कारगार झडप: गृहमन्त्रीले बोलाए सुरक्षा निकायको बैठक

काठमाडौं २४ साउन । कारागारभित्र कैदी बन्दीबीच मृत्यु नै हुनेगरी भएको झडपबारे छलफल गर्नका लागि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखलाई बोलाएका छन् । शनिबार सुरक्षा निकायका प्रमुखहरूलाई गृहमन्त्री लेखकले छलफलका लागि बोलाएका हुन् ।
शनिबार अपरान्ह ४ बजे गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई गृहमन्त्री लेखकले बोलाएको उनको सचिवालयले जनाएको छ ।
छलफलमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्ले लगायतको सहभागीता रहने बताइएको छ । शुक्रबार राति कारागारमा झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका छन् ।
अहिले केदीबन्दीहरूले कारागार नै नियन्त्रणमा लिएका छन् भने सुरक्षा व्यवस्था अव्यवस्थित बन्न पुगेको छ । यसबारे सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्री लेखकले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
गएराति (शुक्रवार राति) कारागारभित्र झडपमा एक जनाको मृत्यु हुनुका साथै ४७ जना घाइते भएका थिए । घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको थियो ।
शुक्रबार राति ११ तिर भएको झडपमा सख्त घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । उनको त्यही मृत्यु भएको हो ।
मृतक ४० वर्षीय चौधरी लागुऔषधि मुद्दामा थुनामा थिए । उनको शव सोही अस्पतलाको शवगृहमा राखिएको छ भने घाइते मध्ये ३ जनाको अवस्था गम्भीर बताइएको छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । बिहीबार पनि कारागारमा झडप भएको थियो । उक्त झडपमा ५ जना घाइते भएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकैलाली कारगार झडप: गृहमन्त्रीले बोलाए सुरक्षा निकायको बैठक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img