Homeसमाचारनेपाल महिला संघ स्थापना दिवसको पूर्व सन्ध्यामा बृद्धाश्रममा फलफुल वितरण

नेपाल महिला संघ स्थापना दिवसको पूर्व सन्ध्यामा बृद्धाश्रममा फलफुल वितरण

बिर्तामोड २३ झापा । नेपाल महिला संघको ७८ औं स्थापना दिवसको पूर्व सन्ध्यामा नेपाल महिला झापा २ नं. क्षेत्रीय समितिले बृद्धाश्रमका बृद्धबृद्धालाई फलफुल वितरण गरेको छ ।
बिर्तामोड ४ स्थित परोपकार तथा अनुसन्धान केन्द्र विर्तामोडमा आश्रित वृद्धबृद्धालाई फलफुल वितरण गरेको हो । नेपाल महिला २ नं क्षेत्रीय समितिको आयोजनामा महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराईको प्रमुख आतिथ्य, विशेष अतिथिद्वय महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी र नेपाल महिला संघ झापाकी सभापति टीका सिटौला मैनाली लगायतको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल महिला संघ क्षेत्र नं २ की क्षेत्रीय सभापति मनु विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको औचित्यमाथि सभापति विश्वकर्माले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव प्रभा पौडेलले गर्नुभएको थियो ।
नेपाल महिला संघको आज भन्दा ७८ वर्ष अघि साउन २४ गते मंगलादेवी सिंहको नेतृत्वमा स्थापना भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेपाल महिला संघ स्थापना दिवसको पूर्व सन्ध्यामा बृद्धाश्रममा फलफुल वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img