HomeFeatured 2रोजगारीको प्रलोभनमा नक्कली कागजातसहित उद्दार गरिएका छजना युवती परिवारको जिम्मा

रोजगारीको प्रलोभनमा नक्कली कागजातसहित उद्दार गरिएका छजना युवती परिवारको जिम्मा

उद्दार गरिएका युवतीहरु १६ देखि २१ वर्ष उमेरका रहेका छन् । समूहगत रुपमा भारत प्रवेश गरेका युवतीलाई पानीट्याङ्कीमा भारतीय सुरक्षा निकायले सोधपुछ गर्ने क्रममा उनीहरुलाई भारतको नक्कली कागजात बनाएर भारतकै बाटो हुँदै हङकङ पुर्याउने तयारी रहेको खुलेपछि भारतीय प्रहरीले नाकामै रोकेको थियो  । त्यस्तै बेचविखन तथा ओसार पसारमा १६ देखि २५ वर्ष उमेर समूहको बढी संलग्न भएको प्रदेश प्रहरी कार्यालय कोशीको तथ्याङ्कले देखाएको छ ।

झापा साउन 

नक्कली कागजात बनाई हङकङमा रोजगारी दिलाउने प्रलोभनमा पारी नेपाल भारत सीमा नाकाबाट भारतीय सुरक्षा एसएसवीले उद्दार गरेका संखुवासभाका ७ युवती मध्ये ६ जनालाई परिवारको
जिम्मा लगाइएको छ । उनीहरुलाई मंगलबार राति इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट परिवारलाई जिम्मा लगाइएको माइती नेपालका संयोजक गोविन्द घिमिरेले जानकारी दिनुभयो । सुरक्षाकर्मीले उद्दार गरेका सातजना मध्ये एकजनाको कागजी प्रक्रिया पुरा गर्नुपर्ने भएका कारण ६ जनालाई मात्रै जिम्मा लगाइएको हो । बाँकी एकजनालाई पनि चाँडै घर फर्काउने तयारी भइरहेको बताईको छ ।शनिवार पूर्वीनाका नेपाल–भारत सीमा क्षेत्र मेचीपुलको पूर्वी भागमा उनीहरुको उद्दार गरेको थियो । युवतीहरुको उद्दारसंगै मानव तस्करीको नयाँ रहस्य समेत उजागर भएको छ ।

पूर्वी नेपाल काँकरभिट्टाबाट उद्दार परेका नेपाली चेलीहरुका साथबाट भारतीय कागजात फेला परेसंगै मानव तस्करीको नयाँ तरिकाको खुलासा भएको हो ।
चेलीबेटी बेचविखन विरुद्धको अभियानमा सक्रिय संघ–संस्थाका निगरानीकर्ताहरुले निगरानी गर्दागर्दै सिटीमा चढेर पानीट्याङ्की पुगेका युवतीलाई सशस्त्र सीमा बल, रानीडाङ्गाको विशेष गस्ती टोलीले नेपाल–भारत सीमा क्षेत्र पानीट्याङ्कीबाट उद्दार गरेको थियो । उद्दार गरिएका युवतीहरु १६ देखि २१ वर्ष उमेरका रहेका बताइएको छ ।
समूहगत रुपमा भारत प्रवेश गरेका युवतीलाई पानीट्याङ्कीमा भारतीय सुरक्षा निकायले सोधपुछ गर्ने क्रममा उनीहरुलाई भारतको नक्कली कागजात बनाएर भारतकै बाटो हुँदै हङकङ पुर्याउने तयारी रहेको बताइएको छ । भारतीय प्रहरीले उद्दार गरेका युवतीहरु संखुवासभा जिल्लाका रहेको खुलेको मानव बेचबिखन तथा ओसार पसार विरुद्ध काम गर्दै आएको काँकरभिट्टास्थित माइती नेपालका संयोजक गोविन्द घिमिरेले जानकारी दिए ।
युवतीहरुको उद्दारपछि भारतीय सुरक्षा टोलीले सीमा स्तम्भ नम्बर ९० अन्तर्गतको लगभग १५० मिटरभित्रबाट दुई मानव तस्करहरूलाई पक्राउ गरेको छ । पक्राउ परेका तस्करलाई भारतीय प्रहरीको हिरासतमा राखिएको बुझिएको छ ।
मानव तस्करीको आरोपमा पक्राउ परेका मध्ये एकजना यसअघि पनि पक्राउ परेर छुटेको स्रोतको दावी छ । भारतीय सुरक्षा टोलीले तस्करीमा संलग्न ६१ वर्षीय जापान गुरुङ र ४१ वर्षीय दीपेश गुरुङलाई पक्राउ गरेको हो । पक्राउ परेका दिपेस ट्याक्सी चालक हुन् भने जापान तस्करीमा संलग्न मुख्य व्यक्ति भएको स्रोतको दावी छ ।
पक्राउ परेकामध्ये दीपेश गुरुङ एक ट्याक्सी चालक हुन् । उनले युवतीहरूलाई सीमा पार गर्दै सिलगढी पु¥याउने गरेका थिए । उनी विगत दुई–तीन वर्षदेखि यसरी युवतीहरुलाई सीमा कटाउने काममा लागेको खुलेको छ ।
भारतीय प्रहरीले उद्दार गरेका नेपाली युवतीहरुलाई हङकङमा रोजगारीमा लगाइदिने भन्दै भारतको कागजात (नक्कली आधार कार्ड, प्यान, पासपोर्ट) बनाइसकेपछि युवतीहरुलाई झिकाइएको सोधपुछका क्रममा खुलेको संयोजक घिमिरेले बताए ।
भारतीय सुरक्षा कानून अनुसार एसएसबीले प्रहरीलाई बुझाईसकेपछि उद्दार गरिएकालाई अदालत पेश गर्नुपर्ने भएपछि उनीहरुलाई शनिबार सिलीगुडी लगिएको थियो । नक्कली कागजातसहित पानीट्याङ्कीसम्म पुर्याइएका युवतीको तस्करीमा गाउँकै मान्छेको संलग्नता रहेको खुलेको छ ।
गाउँमा बाजे, काका, मामा भनिने जापान गुरुङले ती युवतीहरुका घरपरिवारलाई समेत हङकङमा रोजगारीमा लगाइदिने प्रलोभनमा पारेर कागजात तयारी रोजगारी दिएवापत तीनलाखदेखि पाँचलाखसम्म असुल्ने गरेको स्रोतले जनाएको छ । पहिले नै भारतीय ठेगानामा नक्कली आधार कार्ड, प्यान र मतदाता कार्ड बनाएर युवतीहरुलाई ल्याएको एसएसबीको सोधपुछका क्रममा खुलेको बताइएको छ ।
लामो समयदेखि पूर्वी नाकामा निगरानीको काम गर्दै आएको माइती नेपालका संयोजक घिमिरेका अनुसार गाउँघर, आफन्त, नाता पर्नेबाटै बेचबिखनमा पर्दै आएको पाइएको छ ।
तस्करहरूले युवतीहरूको थर ‘गुरुङ’ जबरजस्ती परिवर्तन गर्ने र नक्कली कागजातहरू बनाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । भारतबाट राहदानी लिएर विदेश पठाउन सहज हुने भन्दै प्रलोभनमा पार्ने गरेको खुलेको छ । चालक दीपेशले प्रहरी समक्ष आफ्नो छोरा हङकङमा रहेको र तस्करी नेटवर्कमार्फत विदेश लैजाने गरेको स्वीकार गरेका छन् ।
तस्करीमा रतन बर्मन, रोहित गुरुङ र रमन बर्मन लगायतका ब्यक्तिहरु कागजातहरू बनाउनमा संलग्न रहेको र उनीहरुको असम, सिलगढी र नेपालसँग सम्बन्ध राम्रो रहेको अनुसन्धानका क्रममा खुलेको छ ।
केहि दिन अघि भारतीय दूतावासको समन्वयमा झापाको अर्जुनधारा र ताप्लेजुङकी एकसहित दुई नेपाली चेलीको उद्दार गरिएको सामाजिक अभियान्ता विष्णु आचार्यले जानकारी दिए । भारतीय प्रहरी र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको समन्वयमा उद्धार गरिएका उनीहरुलाई अभिभावकको जिम्मा लगाइएको थियो ।
पछिल्लो समय पढेलेखेका युवतीहरु बेचबिखनमा पर्ने गरेको पाइएको घिमिरेले बताए । उनले भने, ‘अनपढ भन्दा पनि पढेलेखेकै नानी बेचबिखनमा परेको पाइन्छ ।’ उनले थपे, ‘बेचबिखनमा पर्ने धेरै कारण मध्ये उच्च महत्वकांक्षा एक प्रमुख कारण देखिएको छ ।’

स्रोतः प्रदेश प्रहरी कार्यालय कोशी

गतआवमा कोशीमा ३४ अभियुक्त
झापा साउन । पछिल्ला दुई वर्षमा मानव बेचविखन तथा ओसार पसारमा युवा उमेर समूहको संलग्नता बढ्दै गएको पाइएको छ । तुलनात्मक रुपमा मानव बेचविखनमा संख्यात्मक विवरणमा कमी देखिएपनि बेचविखन तथा ओसार पसारमा १६ देखि २५ वर्ष उमेर समूहको बढी संलग्न भएको प्रदेश प्रहरी कार्यालय कोशीको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्क अनुसार उक्त मुद्दामा गतवर्ष सो उमेर समूहका २१ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । २६ देखि ३५ वर्ष उमेर समूहका १० जना र ३६ देखि ४५ वर्ष उमेर समूहका ३ संलग्नता पाइएको जनाइएको छ ।
यसअघिका दुई आवमध्ये ०७९/८० मा सोही समूहका ९ जना, २६ देखि ३५ वर्ष उमेर समूहका ७ जना र ३६ देखि ४५ वर्ष उमेर समूहका ८ जना तथा ४६ देखि ६० वर्ष उमेर समूहका १ जनाको संलग्नता पुष्टि भएसंगै उनीहरुलाई अभियुक्तका रुपमा मुद्दा दर्ता गरिएको प्रहरी स्रोतको भनाई छ ।
त्यस पछिको आव ०८०/०८१ मा भने १६ देखि २५ वर्षका ६ जना, २६ देखि ३५ वर्ष उमेर समूहका ७ जना र ३६ देखि ४५ वर्ष उमेरसम्मका ३ जनाको संलग्नता रहेको प्रदेश प्रहरी कार्यालयको त्रिबर्षीय तथ्याङ्कमा उल्लेख छ ।
विगतको तुलनामा गत आर्थिक वर्षमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी अपराधका घटनामा कमी आएको देखिएपनि किशोरावस्था पार गरेका युवा समूहको बढी संलग्नता देखिनु चिन्ताजनक रहेको प्रहरी स्रोतले जनाएको छ । प्रदेश प्रहरी कार्यालय कोशीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा मानव बेचबिखन तथा ओसार पसारका १५ वटा मुद्दा तथा भएका थिए । त्यसयता आव २०८०/०८१ र ०८१/०८२ मा समान ११/११ वटा मुद्दा दर्ता भएको तथ्याङ्कमा उल्लेख छ ।

३२ महिनामा ३९६ जना इन्टरसेभ
का“करभिट्टा साउन । मानव बेचविखन तथा ओसार पसार विरुद्ध निगरानी गर्दै आएको माइती नेपालले बितेका ३२ महिनाको अवधीमा शंकास्पद ३९६ जनालाई इन्टरसेभ विधिमार्फत घर फर्काएको छ ।
विगत लामो समयदेखि पूर्वी नाकाबाट हुने मानव बेचविखन तथा ओसार पसारमा महत्वपूर्ण भूमिका खेल्दै आएको माइती नेपाल र प्रहरी प्रशासनको समन्वयमा जोखिममा परेका ३९६ जनालाई काउन्सिलिङ गरी परिवारको जिम्मा लगाएको हो ।
यो अवधीमा हराएकाहरुको खोजीका लागि आफन्तबाट निवेदन परेका १०१ मध्ये खोजीका क्रममा ५१ जना फेला परेका जनाइएको छ ।
त्यसैगरी सीमाना पार गरेर जोखिममा रहेका १३ जनाको उद्दार गरेको संस्थाले जनाएको छ ।
त्यसैगरी घरेलु हिंसामा परेका २२ जना महिलाको उद्दार गरेको माइती बलात्कारमा परेका ४ जनाको उद्दार गरेको जनाएकोछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2रोजगारीको प्रलोभनमा नक्कली कागजातसहित उद्दार गरिएका छजना युवती परिवारको जिम्मा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img