झापा १९ साउन । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले सोमबार यस्तो आदेश दिएका हुन् ।
बैंकिङ कसुरमा २५ लाख र राज्यविरुद्धको अपराधमा ३ लाख ५० हजार धरौटीमा छोड्न आदेश भएको हो । तीनकुने घटनासम्बन्धी मुद्दामा उनलाई साढे ३ लाख रुपैयाँ धरौटी मागिएको छ । प्रसाईंसँगै तीनकुने घटनामा पक्राउ परेका चार जनालाई पनि छोड्ने आदेश न्यायाधीशद्वयले गरेका छन् ।
दुर्गा प्रसाईलाई धरौटीमा छाड्न पाटनको उच्च अदालतको आदेश

































































































