Homeसमाचारझापा जिल्ला अदालतबाट मुद्दा फस्यौटलाई तीब्रता

झापा जिल्ला अदालतबाट मुद्दा फस्यौटलाई तीब्रता

रेवतिराज घिमिरे
भद्रपुर १ साउन ।
झापा जिल्ला अदालतबाट आर्थिक बर्ष २०८० र ०८१ को तुलनामा आर्थिक बर्ष २०८१ र ०८२ मा एकहजार तीनसय १४ थान बढी मुद्दा फस्र्यौट भएको छ।
अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइँटेलको अध्यक्षतामा आज एक कार्यक्रमका बीच अदालतबाट यो आवमा भएका प्रगतिको समीक्षा भएको थियो।
आव २०८० र ०८१ मा ३६६५ थान मुद्दा फस्र्यौट भएकोमा यस आव चारहजार नौसय ४९ थान मुद्दा फस्र्यौट भएको छ। आजैदेखि शुरु भएको आर्थिक वर्ष २०८२÷०८३ मा ६५ प्रतिशत फस्र्यौट लक्ष्य राखिएकोमा ६०.४९ प्रतिशत फस्र्यौट भई लक्ष्यको अनुपातमा ९४.६१ प्रतिशत फस्र्यौट भएको छ।
अघिल्लो बर्ष जिम्मेवारी सरी आएका तीनहजार पाँचसय ५० र यस बर्ष नयाँ दर्ता भएका चारहजार छसय ३१ गरी कुल आठहजार एकसय ८१ मुद्दा मध्ये चारहजार नौसय ४९ थान मुद्दा फस्र्यौट भएको छ भने अब तीनहजार दुईसय ३२ थान मुद्दा विचाराधीन रहेका छन।
म्याद तामेली, मुद्दा ब्यबस्थापन लगायत प्रशासनिक काममा अदालतले दिएको तदारुकताले मुद्दा फस्र्यौटमा तिब्रता आएको प्रमुख न्यायाधीश लुईटेलले बताउनु भयो। छिटो छरितो र गुणस्तरिय न्याय प्रदान गर्ने लक्ष्यका साथ न्यायपालिकाको पाचौ रणनीतिक योजना कार्यान्वयनमा रहेको छ भने झापा जिल्ला अदालतले फरक मुद्दा ब्यबस्थापन अन्तर्गत सरल, सामान्य र बिषेश मार्ग समुहका मुद्दालाई निर्धारित अवधिमा फस्र्यौट गर्ने, मेलमिलाप पद्धतिलाई बढी अवलम्बन गर्ने एवं अदालतप्रति जनआस्था अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राखेको लुईटेलको भनाई छ ।
झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुईटेलको अध्यक्षतामा भएको बार्षिक प्रगति समिक्षा कार्यकममा न्यायाधीशहरु प्रकाशकुमार अधिकारी, महेन्द्रप्रसाद पोखरेल, तेजबहादुर खड्का, नबीनकुमार जोशी, नगेन्द्र केशरी पोखरेल, रामप्रसाद पौडेल, ऋतबहादुर पुलामी मगर, जिल्ला न्यायाधिवक्ता खडिन्द्र कटुवाल, झापा बारका अध्यक्ष बसन्त नेपाल, बरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य, अधिवक्ता हेमकला कट्टेल आचार्य, अदालतका तहसीलदार उमेश सापकोटा, शाखा अधिकृत लगायत कर्मचारीहरु समेतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन अदालतका सूचना अधिकारी तथा प्रशासन शाखाका शाखाअधिकृत रामचन्द्र बस्नेतले गर्नुभएको थियो।
सोही कार्यक्रमको अवसरमा यस आर्थिक वर्षमा झापा जिल्ला अदालतमा बढी मुद्दा फस्र्यौट गरी बक्यौता मुद्दा न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने न्यायाधीश तेज बहादुर खड्कालाई अदालतले सम्मान गरिएको थियो ।
मुद्दाको चाप बढीरहेको अबस्थामा छिटो छरितो र प्रभावकारी न्याय सम्पादन गरी एगदष्अिभ त्चगकत बढाउन झापा जिल्ला अदालतमा फरक मुद्दा ब्यबस्थापन पद्दती, स्वचालित ९ब्गतयmबतष्यल० पेशी प्रणाली, दैनिक पेशी छनौटमा गोला पद्धति, मुद्दा दर्ता सफ्टवेयरमा ईन्ट्री हुने र अदालतको काम कारवाही वेबसाइट जततउकस्ररकगउचझभअयगचत।नयख।लउरअयगचतरवजबउबमअ बाट हेर्न सकिने शाखा अधिकृत बस्नेतले जानकारी दिनुभयो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापा जिल्ला अदालतबाट मुद्दा फस्यौटलाई तीब्रता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img