Homeसमाचारबिर्तामोड नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन, धनीपूर्जा वितरण प्रारम्भ

बिर्तामोड नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन, धनीपूर्जा वितरण प्रारम्भ

भीमा शिवाकोटी
बिर्तामोड ३२ असार ।
बिर्तामोड नगरपालिकाको प्रशासनिक भवनको एक कार्यक्रमका बिच आज उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा संघीय संसदका सभामुख देवराज घिमिरेले नगरपालिकाद्वारा निर्माण गरिएको पाँच तले भवनको उद्घाटन गर्नु भएको हो।
चारकरोड ९९ लाख १७ हजार पाँचसय ८८ रुपैयाँको लागतमा निर्माण भएको उक्त भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सभामुख घिमिरेले कृषि, शिक्षा, स्वास्थ्य, उद्यमशिलता, सिप बिकास, पूर्वाधार विकासमा बिर्तामोड नगरपालिकाले निकै ठुलो उपलब्धि हासिल गरेको बताउनु भयो । नवनिर्मित भवनको उद्घाटन गर्दै नागरिकलाई सुशासनसहितको सहज सेवा सेवा प्रदान गर्न सभामुख घिमिरेले सुझाव दिनुभयो । झापा क्षेत्र नं. २ बाट निर्वाचित सांसद समेत रहनु भएका घिमिरेले क्षेत्र नं. २ लाई कृषि हबको रुपमा अगाडि बढाउनेका लागि उत्पादन दिने प्रकृतिका फलफुल तथा अन्य बोट बिरुवा लगाउनका लागि छलफल भइरहेको समेत उल्लेख गर्नुभयो ।

जग्गा धनीपूर्जा पाएपछि बिर्तामोड ७ का स्थानीय

यस्तै आजै बिर्तामोड नगरपालिकाले पनि सांकेतिक रुपमा जग्गा धनीपूर्जा वितरण कार्य प्रारम्भ गरेको छ । सभामुख देवराज घिमिरेले बिर्तामोड नगरपालिका वडा नं. ७ का ३ जनालाई धनीपूर्जा प्रदान गर्नुभयो । बिर्तामोड नगरपालिका ७ का डिल्लीकुमार लिम्बु, मनकुमार सुब्बा र सूर्यमाया लिम्बु सभामुख घिमिरेले जग्गा धनीपूर्जा प्रदान गर्नुभयो ।
कार्यक्रममा कोशी प्रदेश का खानेपानी तथा सिंचाई मन्त्री एकराज कार्कीले शुभकामना ब्यक्त गरेको कार्यक्रमको अध्यक्षता नगर प्रमुख पबित्रा महतारा (प्रसाई)ले स्वागत गरेको कार्यक्रमको संचालन योजना शाखाका प्रमुख जय तिम्सिनाले गर्नु भएको थियो । सो अवसरमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, राजनीतिक दलका प्रतिनिधिहरु, वडाध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।
लिफ्टजडित अपाङ्गमैत्री भवनभित्र कार्यपालिका बैठक कक्ष र फराकिला कोठाहरू पनि निर्माण गरिएको बताइएको छ । भवन निर्माणका लागि स्थानीय पूर्वाधार विकास र बिर्तामोड नगरपालिकाको समान लागत साझेदारीमा निर्माण भएको हो । २०८० साल असार २४ गते सुरु भएर २०८१ पुस १७ गते निर्माण सम्पन्न भएको थियो । २३ मिटर लम्बाइ र १४ मिटर चौडाइमा फैलिएको यो नयाँ भवनले बिर्तामोडको विकासमा नयाँ आयाम थपेको प्रमुख प्रशासकीय अधिकृत मिश्रले बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोड नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन, धनीपूर्जा वितरण प्रारम्भ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img