Homeसमाचारअसारमा मात्रै सरकारी ढिकुटीबाट दुईखर्व २७ अर्ब खर्च

असारमा मात्रै सरकारी ढिकुटीबाट दुईखर्व २७ अर्ब खर्च

झापा ३१ असार । असार महिनामा मात्रै सरकारले दुईखर्ब २७ अर्ब रुपैयाँ भन्दा धेरै खर्च गरेको छ । चालू आर्थिक वर्षको अन्तिम महिना असारमा सरकारले अबौँ रकम खर्च गरेको हो । सरकारी खर्चको हिसावकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार असार एकदेखि ३० गतेसम्म अर्थात् ३० दिनमा सरकारले दुई खर्ब २७ अर्ब बजेट खर्च गरेको हो ।
असार महिनामा मात्रै सरकारले चालू शिर्षक अर्थात् कर्मचारीको तलब भत्ता, गोष्ठीमा एक खर्ब २५ अर्ब सकेको छ । यस्तै, पुँजीगत शीर्षकमा सरकारले ७० अर्ब ४६ करोड भन्दा धेरै रकम खर्च गरेको हो । तत्कालिन अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्बको बजेट ल्याउनुभएको थियो ।
सरकारले अहिलेसम्म कुल बजेट १५ खर्ब १५ अर्ब खर्च गरेको बताइएको छ । नयाँ आर्थिक वर्ष शुरु हुन अब एकदिन बाँकी छ ।
बिहिवारदेखि नयाँ आर्थिक वर्ष अर्थात् २०८२÷०८३ को बजेट कार्यान्वयन शुरु हुनेछ । यसका लागि गएको जेठ १५ मा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउनुभएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअसारमा मात्रै सरकारी ढिकुटीबाट दुईखर्व २७ अर्ब खर्च
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img