Homeसमाचारआत्मानिर्भरको १५ औं स्थापना दिवसमा हरिहर आश्रममा सहयोग

आत्मानिर्भरको १५ औं स्थापना दिवसमा हरिहर आश्रममा सहयोग

बिर्तामोड २९ असार । आत्मानिर्भर महिला बचत तथा ऋृण सहकारी संस्था बिर्तामोडले सहकारी स्थापनाको १५ औं स्थापना दिवसको अवसर पारेर हरिहर आश्रममा खाद्यान्न वितरण गरेको छ । सहकारीले बिर्तामोड नगरपालिका वडा नं. ६ मा अवस्थित हरिहर आश्रममा एक कार्यक्रमको आयोजना गरी १५ हजार मूल्य खाद्यान्न वितरण गरेको हो ।
हरिहर आश्रममा हाल २५ जना बटुकहरूले अध्ययनरत रहेको बताइएको छ ।


१५ बर्ष अघि पच्चीस जना महिलाहरूले बचत संकलन गर्न सुरू गरेर स्थापना गरिएको आत्मा निर्भर महिला बचत तथा ऋण सहकारी संस्थामा अहिले करिब दुई हजार महिलाहरू सदस्य रहेका छन। संस्थाका अध्यक्ष पबित्रा महतारा (प्रसाई)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरिहर आश्रमका अध्यक्ष अनिरूद्र पोख्रेल र निवर्तमान अध्यक्ष दाताराम तिम्सिनाले सहयोगी संस्था प्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो। सहकारी संस्थाका सल्लाहाकार संचालक समितिका पदाधिकारी सदस्यहरू उपस्थित रहेको कार्यक्रम को संचालन संस्थाका सचिब यसोदा प्रसाईले गर्नु भएको हरिहर आश्रमका सचिब लक्ष्मी रिजालले जानकारी दिनु भएको छ।
हरिहर आश्रम गुरुकुलिन शिक्षा पद्धति अनुसार रुद्री, चण्डी, बेद लगायतका विषय बस्तु अध्यापन ह्ँद आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआत्मानिर्भरको १५ औं स्थापना दिवसमा हरिहर आश्रममा सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img