बिर्तामोड २८ असार । शिक्षा क्षेत्रमा ३० दशक लामो इतिहास बनाएको गोमेन्द्र बहुमुखी महाबिद्यालयले यस शैक्षिक सत्रदेखि बि टेक इन एआई अध्यापन शुरु गर्ने भएको छ । विद्यालयमा नयाँ कक्षा सञ्चालनबारे आज पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय परिवारले जानकारी गराएको हो ।
झापाको बिर्तामोडमा सञ्चालित गोमेन्द्र बहुमुखी महाविद्यालयले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) र विए एलएलबी सम्बन्धी अध्यापनको तयारी गरेको छ । यसै शैक्षिक सत्रदेखि बि टेक इन एआई र स्नातक तहमा कानुन विषय सम्बन्धी अध्यापन गर्न लागेको महाविद्यालयले शनिबार पत्रकार सम्मेलन गरी अध्यापन गर्न लागेको नयाँ विषयवस्तुबारे जानकारी दिएको हो । प्रविधिले फड्को मारेसँगै विश्वमा एआईको प्रयोग बढेकाले गोमेन्द्रले उक्त कोर्ष पढाउन लागेको महाविद्यालयका प्राचार्य डा. रुपकप्रसाद खनालले जानकारी दिनुभयो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर पढाउन लागिएको एआई कोर्षको लागि ४८ जना विद्यार्थीको कोटा रहेको प्राचार्य खनालले जानकारी दिए । उनका अनुसार सो कोर्ष आठ वटा सेमेष्टारमा पढाई हुने र छलाख २३ हजार शुल्क लाग्ने बताइएको छ ।
२०५३ सालमा स्थापित कलेजले विसीए इन आइटी, बिबिए, एमबीए, एमसीए, एमसीए इन आइटी अध्यापन भइरहेको छ । कलेजले यसै शैक्षिक सत्रदेखि विए एलएलबी कोर्ष समेत अध्यापन गर्न लागेको छ । राजश्री जनक विश्वविद्यालयको सम्बन्धनमा सो कोर्ष अध्यापन हुन लागेको गोमेन्द्र कलेजकी प्रमुख सरस्वती भुर्तेल खनालले जानकारी दिनुभयो।
प्लस टूमा जुनसुकै विषय पढेका विद्यार्थीले विए एलएलबी अध्ययन गर्न पाउनेछन् । १० वटा सेमेष्टारको ६ लाख शुल्क लाग्ने कलेजले जनाएको छ । सो कोर्षका लागि ४० जना विद्यार्थी कोटा रहेको छ । सबै कार्यक्रममा भर्ना भएका विद्यार्थी संख्याको आधारमा १० प्रतिशत विद्यार्थीको लागि छात्रवृत्ति प्रदान गरिने, सेमेष्टार टप एक जनालाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिने विद्यालय प्रशासनले जनाएको छ ।
यसअघि बिसिए, बिबिए, एमबिए, एमसिए आइटी लगायतका विषयमा अध्यापन गर्दै आएको विद्यालयले विश्वमा कृत्रिम बुद्धिमतालाई समेत समेटेको हो ।
गोमेन्द्रमा बि टेक इन एआई र बिएएलएलबी पढाई हुने

































































































