Homeसमाचारपरिवार नियोजन संघ झापाको ४७ औं बार्षिक साधारणसभाा सम्पन्न

परिवार नियोजन संघ झापाको ४७ औं बार्षिक साधारणसभाा सम्पन्न

भद्रपुर २८ असार । नेपाल परिवार नियोजन संघ झापाको ४७ औं बार्षिक साधारणसभा भद्रपुरमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित सभाको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले गर्नुभएको थियो ।
लोकनाथ भट्टराई (बुईपाली) को अध्यक्षता तथा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाको बार्षिक गतिविधि समेटिएको प्रतिवेदन अध्यक्ष बुईँपालीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष पार्वती गुरागाँई ओझाले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राई, बिशेष अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशी, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी लगायतले शुभकामना मन्तव्य राख्दै परिवार नियोजनको पहुँच अझ विस्तार गर्नुपर्नेमा जोड दिए । परिवार नियोजनको उपयोगमा पनि पहुँचवालाकै प्रभाव बढिरहेको बताउँदै विपन्न र पीछडिएको समुदायमा समेत सेवा पुर्याउन आग्रह गरेका थिए । केन्द्रीय सदस्य चन्द्रा श्रेष्ठले केन्द्रीय समितिले लिएका संरचनागत नीति, रणनीति, दातृसंस्थाले कटौती गर्दै लगेको बजेटको घट्दो आकार लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।
कञ्चना ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र भट्टराईले गर्नुभएको थियो । बार्षिक साधारणसभामा प्रस्तुत दुवै प्रतिवेदन साधारणसभाको बन्दसत्र सर्वसम्मत पारित गरेको छ ।सो अवसरमा चक्रिय प्रणाली अन्तरगत संघमा नवनिर्वाचित कार्यसमिति सदस्यको घोषणा निर्वाचन अधिकृत दिपेन्द्र भट्राईले गर्नुभएको थियो ।

२०२६ सालमा द्वारिकादेवी ठकुरानी संस्थापक अध्यक्ष रहेर गठन भएको नेपाल परिवार नियोजन संघको झापाका शाखा २०३४ सालमा स्थापना भएको थियो । झापा शाखा अन्तरगत हाल झापामा परिवार नियोजन सम्बन्धी सेवा दिनका लागि विभिन्न ठाउँमा चारवटा स्वास्थ्य केन्द्र रहेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ । स्थापना कालदेखि नै अन्तराष्ट्रिय परिवार नियोजन महाशाखाको सहयोगमा प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो । पछिल्लो समय शाखाहरु आफैंले स्वाबलम्बन हुनुपर्ने उल्लेख गर्दै बजेट कटौती गर्नू थागेको बताइएको छ । संघका हाल नेपालभर २० वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपरिवार नियोजन संघ झापाको ४७ औं बार्षिक साधारणसभाा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img