HomeFeatured 2रोजगार नेपालले आयोजना गरेको रक्तदानमा ५० जनाले गरे रक्तदान

रोजगार नेपालले आयोजना गरेको रक्तदानमा ५० जनाले गरे रक्तदान

बिर्तामोड २८ असार । रोजगार नेपाल झापाको आयोजनामा बिर्तामोडमा सञ्चालित रक्तदान कार्यक्रममा ९ जना महिलासहित ५० जनाले रक्तदान गरेका छन् । कङ्गारो एजुकेशन फाउन्डेसन र प्रसिक फार्मेसीको सहकार्यमा भएको रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी जिल्ला र उपशाखा विर्तामोडको रहेको थियो ।
यसअघि रक्तदान कार्यक्रमको उद्घाटन गर्दै बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले मानव शरीरलाई आवश्यक पर्ने रगतको आपूर्ति मान्छेबाट मात्रै गर्न सकिने बताउँदै स्वच्छ रगत उत्पादनका लागि खानपानमा ध्यान दिन र ३/३ महिनामा रक्तदान गर्न सुझाउनु भयो । कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईले स्वास्थ्य उपचारका दृष्टिले हव बनेको बिर्तामोडमा रगतको माग बढी हुने गरेको बताउनु भयो ।
रोजगार नेपालका सञ्चालक केशव चिमरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संग्रौला, बिशेष अतिथि प्रसाई, नेपाल अलैंची व्यवसायी महासंघका महासचिव नारायण चिमरिया, कंगारो एजुकेशन फाउण्डेसनका नविन ढुङ्गाना, प्रसिक फार्मेसीका प्रवेश शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अप्सिका पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन बसन्त ढकालले गर्नुभएको थियो ।
कार्यक्रममा स्वदेशमा पनि रोजगार बन्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले स्थापित रोजगार नेपालले बेरोजगारीलाई कम गर्ने उद्देश्यले स्थापित रोजगार नेपालले झापामा रोजगारीको खोजीमा रहेकाहरु र रोजगारदाताहरु बीच पुलको काम गर्दै आइरहेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2रोजगार नेपालले आयोजना गरेको रक्तदानमा ५० जनाले गरे रक्तदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img